दसैँ दशा बन्ने डर ! | Khabarhub Khabarhub

दसैँ दशा बन्ने डर !

काठमाडौँ लगायतबाट बाहिरिने यात्रुलाई सडकको सकस



काठमाडौं – नेपालीहरूको ठूला चाडपर्व नजिँकिँदै गर्दा ठूला सवारी दुर्घटनाका घटना पनि बढ्ने गरेका छन्। जसले गर्दा प्रत्येक नेपालीलाई चाडपर्वलाई खल्लो बनाइदिन्छ। काठमाडौंलाई कर्मथलो बनाएर बसेकाहरू दसैं, तिहार, छठलगायतका चाडपर्वका लागि काठमाडौं उपत्यकाबाट धमाधम बाहिरिनेक्रम सुरु भएको छ।

चाडपर्वलाई लक्षित गरेर यातायात व्यवसायीले अग्रिम टिकट पनि बिक्री गरेका छन्। जसका आधारमा भन्दा गत वर्षमा झण्डै दोब्बर यात्रु उपत्यकाबाट बाहिरिने अनुमान छ। यो क्रम फूलपातीपछि अझै बढेको देखिन्छ। फूलपातीबाट काठमाडौंका सडकममा सवारी चाप कम भइसकेको छ।

सरकारले ठाउँ ठाउँमा यात्रु सहायता कक्षको व्यवस्था गर्ने पनि जनाएको छ। जसले तोकिएकोभन्दा फरक भाडा लिए, कुनै पनि किसिमको दुर्व्यवहार गरे तथा ठाउँठाउँमा कुनै पनि समस्या हुँदा सम्पर्क गर्न सकिनेछ। तर, सडकको अवस्था भने सुधार भएको छैन। अहिले पनि देशका विभिन्न ठाउँमा जाने सडकको अवस्था नाजुक छ। सडककै कारण पनि सवारी दुर्घटना बढेको अनुमान गर्न सकिन्छ।

सडक विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ट्राफिक प्रहरी, यातायात व्यवसायी सबैको ध्यान सुरक्षित यातायात भए पनि सडकको दुरावस्थाले सुरक्षित रूपमा यात्रु घर जानसक्ने वातावरण छैन।

सडक मर्मतका विषयमा समयमा नै काम नगरेका कारण चाडपर्वको मुखमा धेरै सडक दुर्घटना हुने गरेका छन्। हरेक वर्ष यस्ता घटना बढ्दा पनि सडक मर्मतमा सरकारको ध्यान जान सकेको छैन। पटक पटक वर्षाले गर्दा देशभरका धेरै सडकमा खाल्डाखुल्डी तथा बनेका बाटो पनि पुर्णरुपमा बिग्रिएको अवस्था छ। वर्षाले ठाउँठाउँमा पहिरोका कारण सडक अवरुद्ध भइरहेको छ।

टाढाको बाटो, महिला, छोरी-चेलीबेटीलाई झनै गाह्रो हुन्छ। एक महिनाअघिदेखि टिकट काट्नुपर्छ। गाडी पाइँदैन कि भन्ने डरले चाडपर्वको बेलामा बस भाडा अझै महँगो हुन्छ।

सहज तरिकाले जाऊँ न भन्दा हामीजस्तो मध्यम वर्गीयले त्यो पैसाले धान्न सक्दैनौं, साथै अझै महँगो हुन्छ हवाईजहाजको भाडा। यो झरीको समयमा यातायात बिग्रेर, बाटो बिग्रेर कति दिन जाम भएर बाटोमै बस्नुपर्ने अवस्था पनि हुन्छ। यस्ता समस्या धेरै छन्।

बाटोमा भन्दा बढी सवारी साधनमा समस्या देखिन्छ। टिकट काट्ने बेला राम्रो छ भनेर भर एउटै टिकट तीन चार जनालाई दिइएको हुन्छ। बाटोमा साधन बिग्रन्छ। कतिपय सिटहरू हल्लिने, राम्रो नपर्ने, झ्याल नहुने, भए पनि नखुल्ने हुँदा यात्रु सास्ती भोग्न बाध्य छन्।

यी यावत कुराका असुविधा निकै हुन्छ। बाटो पनि कहिले हिलो, कहिले बन्दै गरेको खाल्डाखुल्डी हुन्छ। अर्को वर्ष सहज होला भन्यो, हुन्न। आजदेखिको कुरा होइन, बाटोका लागि त कति असहज छ भनेको बाटोको निर्माण सुरु हुँदादेखि हो। तर, सम्बन्धित निकायको ध्यान जाँदैन। ठगीबाट बच्नलाई त हामीले आफू सजग हुने हो पहिला।

अर्को भनेको डिजिटल जमाना छ अहिले। डिजिटलतर्फ जाँदा ठगीबाट बच्ने राम्रो उपाय हुनसक्छ। घर नजाने भन्ने कुरामा जानै नसकिने परिस्थिति आयो भने नजाँदा पनि हुन्छ। तर, आफ्नो दुःखसुख, आफ्ना आफन्त सबै छोडेर आएको कर्मथलोमा, जन्मथलोलाई माया मार्नु त भएन नि !

साथै, हिन्दूहरूको महान् पर्व, दसैं जोगाउनु पनि हाम्रो कर्तव्य हो। रमाइलो गर्ने मौका, सुख दुःख साटासाट गर्ने बेलामा सकेसम्म आफ्नै जन्मघर जानुपर्छ र नेपालीको महान चार्डलाई हर्ष उल्लासका साथ मनाउन सक्नुपर्छ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  १० : २१ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द