दसैँमा मासु खाने तरिका, जसले मुटुलाई स्वास्थ राख्न सकिन्छ | Khabarhub Khabarhub

दसैँमा मासु खाने तरिका, जसले मुटुलाई स्वास्थ राख्न सकिन्छ


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

यो दसैँमा हामीले कस्तो खाना खाँदा हाम्रो मुटुलाई राम्रो हुन्छ र कस्तो खाने कुराले हाम्रो मुटुलाई झनै असर गर्दछ भन्ने विषयमा चिकित्सकका विभिन्न सुझाव रहेका छन्। दसैं, मासु र मुटु रोगको सम्बन्धमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. कमल लम्सालसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

यो दसैँ र मासुसँगको सम्बन्ध तपाईंले कस्तो पाउनु भएको छ ?
खासमा दसैंमा मासुलाई धेरै महत्त्व दिएको देखिन्छ। दसैंमा मासुको खपत धेरै हुने गरेको पनि देखिन्छ। दसैंमा मासु खाने मात्र पर्व नभएर सामाजिक सांस्कृतिक आर्थिक गतिविधिहरू बढी हुने फरक खालको पर्व हो। यसको आध्यात्मिक महत्त्व धेरै छ। यो बहुआयामिक चाड हो। हामीले जहिलेसुकै खाने भए पनि मासु सफा हुनुपर्यो। त्यो सँगसँगै फलफूलहरू पनि खानु पर्दछ। धेरै बोसो जन्य मासु नखानु राम्रो हुन्छ। बोसोजन्य मासुले मुटुजन्य रोग बढाउने सम्भावना हुन्छ। दसैंमा यो कुरालाई विशेष ध्यान दिनुपर्छ। मासुसँगै दसैंमा मदिरा पनि सेवन गरेको कुरालाई हामीले ख्याल गर्र्नुपर्छ। मात्र मिलाएर मात्र खानु स्वास्थ्यका लागि राम्रो हुन्छ।

यो मासु लिँदा वा बनाउँदा यो स्वस्थ छ या छैन भनेर कसरी छुट्टाउने ?
जुन जनावरको मासु लिइने हो तिनीहरूको रोग परीक्षण गरिनु पर्दछ। किनभने जनावरबाट पनि मानिसहरूमा रोग सर्नसक्छ। मासु राख्ने बनाउने ठाउँहरू पनि राम्रो हुनुपर्दछ। बोसो भएको मासु कम खानु पर्दछ। चिल्लो कम खाने, खसीको मासु भन्दा कुखुराको मासु राम्रो त्यो भन्दा माछाको सेवन गर्नु राम्रो हुन्छ। माछामा वा माछाको तेलमा मुटुलाई फाइदा हुने खालको कोलेस्ट्रोलको हिसा हुन्छ।

दसैँमा खसीको मासु नै धेरै खाने चलन छ। यो बिहानदेखि बेलुकासम्म कसरी खाने त ?
बिहानदेखि बेलुकासम्म मासु नै खानु पर्दछ भन्ने छैन। फलफूलहरू खाने, वरिपरि घुम्ने मन्दिर जाने, आफन्तसँग भेटघाट गर्ने देवीको पूजा गर्ने पनि गर्नुपर्यो। खानाको बीचबीचमा साग सब्जी फलफूल पनि खानु पर्दछ। नियमित शारीरिक व्यायाम नियमित रूपमा गर्ने गर्नु पर्दछ।

मुटुमा समस्या हुने र दीर्घ रोग भएकाले मासु कसरी खाने ?
एकै दिन धेरै खाएर धेरै समस्या हुने भन्ने हुँदैन। सम्भव भएसम्म माछाको सेवन गर्ने, बोसोरहित मासु खानु पर्दछ। फूलपातिको दिनदेखि मासु ल्याएर कसैले फ्रिजमा हालेर पनि लामो समयसम्म खानुहुन्छ। फ्रिज नभएको ठाउँमा ठिक मात्रामा ल्याउने वा फ्राई गरेर राख्दा हुन्छ। संक्रमण नहुने हिसाबले मासु भण्डारण गर्नु पर्दछ।

बढी चिल्लोले मुटुलाई कसरी असर गर्दछ ?
चिल्लो खानेकुराबाहेक शरीरमा उत्पादन हुने कोलेस्ट्रोल बढी हुँदा मुटुजन्य रोगहरू बढ्ने रक्तचाप, हृदयाघात मस्तिष्कघातको समस्या बढ्ने हुन्छ। दसैं १५ दिनसम्मको लामो समयको पर्व हो। चाड भनेर धेरै चिल्लो गाुलियो खानु हुँदैन। रक्सीको सेवन पनि दसैँमा धेरै पाइन्छ, यसले पनि कलेजो खराब गराउने, ड्यामेज गराउने, प्रेसर रक्तचाप बढाउने, मुटुको चाल अनियन्त्रित र अनियमित गराउने हुन्छ । त्यसैले स्वास्थ्यमा समस्या हुनेहरुले खानपानमा विशेष सचेतता अपनाउनुपर्छ। धेरै रक्सी खाएर मान्छे बिरामी छ भने हृदयाघात हुने र मृत्युसम्म हुने खतरा हुन्छ।

स्वास्थ्यमा समस्या हुन नदिन र दसैँ राम्रोसँग मनाउन के के कुरामा ध्यान दिने त ?
दसैंमा पिङ खेल्ने, आफन्तसँग भेटघाट गर्ने, रमाइलो गर्ने र स्वास्थ्य खाना खानु पर्दछ। दसैंमा सबै भेटघाट गर्ने रमाइलो गर्ने गर्नु पर्दछ। खानेकुरा अनियन्त्रित तरिकाले खानु हुँदैन। स्वास्थ्यमा पहिलादेखिका समस्या भएका मानिसले आफ्नो नियमित औषधिको सेवन गरेर दसैं मनाउनुपर्छ। दसैं आफू मनाउनुहोस् दसैंले कसैलाई दुःख नदिओस्। सबै जनालाई दसैंको शुभकामना छ।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

 

 

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ७ : ४७ बजे

विद्यालयलाई आर्थिक सहयोग

तनहुँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१