प्रतिनिधिसभा चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा « Khabarhub

प्रतिनिधिसभा चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल  समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाकाे चुनाव नलड्ने घोषणा गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूलाई सम्बोधन गर्दै डा. भट्टराईले आगामी निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।

उनले साेमबार सामाजिक सञ्जालमार्फत आफू चुनावमा नलड्ने तर जनतामाझ रहेर समाजसेवा गरिरहने बताएका हुन् । साथै उनले ‘चुनाव नलड्नु राजनीति छाड्नु नभएको’ बताउँदै आफू सधैँ राजनीतिमा रहेको जानकारी गराएका छन् ।

आफ्नो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका र केही सुरूभएका आयोजना पूरा हुन बाँकी रहेका उनले बताए ।

 भट्टराईले लेखेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन । ‘उनले भने,’तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो । म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।’

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  १ : १२ बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान