मनास्लुमा हिमपहिराे : एक जनाको मृत्यु « Khabarhub

मनास्लुमा हिमपहिराे : एक जनाको मृत्यु


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिराे जाँदा एकजनाको मृत्यु भएको छ । आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिराेमा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिराेमा परेका चारमध्ये तीनजना भने तत्काल नै सम्पर्कमा आएका थिए । पहिरामा परेका शेर्पा भने सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो । घटनालगत्तै बेपत्ता शेर्पाको खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएको उनले बताए ।

मृतक शेर्पाको शव सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी आधार शिविरबाट सामागाउँमा ल्याएर मुचुल्का उठाई शवपरीक्षणका लागि काठमाडौँको टिचिङ अस्पताल पठाइएको एसपी खनालले जानकारी दिए । मृतकको शव परीक्षणपछि आफन्तलाई बुझाइने गोरखा प्रहरीले जनाएको छ । आइतबार बिहान पनि दोस्रो आधार शिविरमा हिमपहिराे गएको थियो । 

यसअघि गएको सोमबार पनि मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिमपहिरा गएको थियो । उक्त हिमपहिरामा परी दुईजनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । सोमबार गएको हिमपहिरामा सङ्खुवासभाका अनुप राई र विश्व विख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ३ : ५३ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,