‘अभिनयमा रमाउँदै छु’ : अभिनेत्री बुढाथोकी | Khabarhub Khabarhub

‘अभिनयमा रमाउँदै छु’ : अभिनेत्री बुढाथोकी


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोडलिङ क्षेत्रमा परिचित नाम अदिति बुढाथोकी अभिनयमा सक्रियता बढाउँदै छि। ‘कृ’ मार्फत अभिनयमा डेब्यु गरेकी अदिति अभिनीत दोस्रो फिल्म ‘बाबरी’ प्रदर्शनरत छ । भारतीय म्युजिक भिडियोमा अभिनय गरिसकेकी अदितिले धेरै नेपाली फिल्मको अफर स्वीकार गरिनन्। ‘म हतारमा फिल्म गर्ने सोचमा थिइनँ । कोरोना महामारीका कारण पनि ‘प्रोजेक्ट’ ढिला भएको हो । सुहाउँदो भूमिका आएमा काम गर्नेछु’, उनले भने । 

उनी नेपालबाटै मोडलिङको सुरुआत गरेर उनी भारतस्थित मुम्बईमा काम गरिरहेकी छिन् । नेपालमा एक विज्ञापनमा काम गरेपछि अदितिलाई मुम्बईबाट ‘मायालु नुडल्स’ मा मोडलिङ गर्ने प्रस्ताव आएको थियो । त्यसयता उनी मुम्बईमै मोडलिङ गरिरहेकी । ‘मैले मुम्बई वा नेपाल भनेर काम गरिरहेकी छैन । जहाँ मलाई प्रस्ताव गरिन्छ, बुझेर काम गर्ने गरेकी छु’, उनले भनिन् । 

यहाँको ‘वर्किङ कल्चर’ले उनलाई समस्या पार्ने रहेछ । उनले भनिन् , ‘हामीकहाँ अझै व्यावसायिकता कम छ । काम पूरा नगर्न बहाना बनाउन पाइन्छ । त्यसले ‘सेड्युल’ लाई असर गर्छ’, अभिनेत्री बुढाथोकीले भनिन्। काममा पूर्णरूपमा समर्पित भएर नलागेसम्म त्यसले गतिलो नतिजा नदिने उहाँको बुझाइ छ । उनले डेब्यु फिल्ममा छायाङ्कनका लागि पटकपटक नेपाल आउँदा काम नभएपछि फर्कनुपरेको थियो । 

यही कारण पनि दोस्रो फिल्म उनले होम प्रोडक्सनकै गरे । ‘म बाहिरी प्रोडक्सनमा पनि काम गर्न तयार छु । दुई फिल्मले मलाई वर्किङ कल्चर बुझाइरहेको छ’, अभिनेत्री बुढाथोकीले भनिन् । 

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ६ : १८ बजे

‘उच्च मनोबलका साथ ट्राफिक व्यवस्थापनमा खटिसकेका छौँ’

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उच्च मनोबलका साथ ट्राफिक

जेन-जीका नाममा ध्वस्त एमाले केन्द्रीय कार्यालयमा फहराइयो देशकै ठूलो झण्डा

काठमाडौँ- जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको ललितपुरको च्यासलस्थित

चीनसँगको टिकटक सम्झौताका लागि निकै नजिक : अमेरिकी अर्थ प्रमुख

म्याड्रिड– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार म्याड्रिडमा दुई पक्षबीच व्यापार

मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न : डा रुइत

काठमाडौं– वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले राजनीतिमा प्रवेश गर्ने

आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन गरिने

काठमाडौं– सहरी विकासमन्त्री कुलमान घिसिङले आगजनीका कारण कुरूप देखिएका संरचनाको