विश्वमा इतिहासमा आजः वल्ड ट्रेड सेन्टरको स्थापनादेखि ग्रेट वालको अर्को खण्ड फेला « Khabarhub

विश्वमा इतिहासमा आजः वल्ड ट्रेड सेन्टरको स्थापनादेखि ग्रेट वालको अर्को खण्ड फेला


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

आज ३ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

डोमिनिका स्वतन्त्र

सन् १९७८ डोमिनिकाले स्वतन्त्रता प्राप्त गरेको थियो । क्यारिवियन टापु डोमिनिका सन् १८०५ देखि बेलायतको उपनिवेश बनेको थियो ।

म्यारिनर १० अन्तरिक्षमा

अमेरिकी अन्तरिक्षसम्बन्धी निकाय नासाले सन् १९७३ मा अन्तरिक्षमा म्यारिनर १० यान पठाएको थियो । म्यारिनर १० बुध र शुक्र ग्रहमा एकै पटक उड्ने पहिलो यान हो ।

अमेरिकी संसदमा अफ्रिकी मूलका पहिलो अमेरिकी

सन् १८६८ मा जोन विलिस मेनार्ड अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा निर्वाचित भएका थिए । मेनाड अमेरिकी संसदमा निर्वाचित हुने पहिलो अफ्रिकी मूलका अमेरिकी हुन् ।

चीनको ग्रेट वालको अर्को खण्ड फेला

सन् १९९८ मा चीनको ग्रेट वालको केही खण्ड फेला परेको थियो । उत्तरी चीनको सानो स्वायत्त क्षेत्र निनजिक्सयाको हुवीमा थप २५ किलोमिटर पर्खाल फेला परेको थियो । योसँगै चीनको पर्खालको कूल क्षेत्रफल ७३०० किलोमिटर पुगेको थियो ।

वल्ड ट्रेड सेन्टर स्थापना

सन् २००१ को ११ सेप्टेम्बरमा अतिवादी सञ्जाल अलकायदाले वल्ड ट्रेड सेन्टरमा हमला भएको थियो । सन् २०१४ मा पुरानो कमप्लेक्स नजिकै अर्को वल्ड ट्रेड सेन्टर खुला गरिएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ६ : १९ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ