युभेन्ट्सलाई हराउँदै पिएसजी समूह उपविजेता « Khabarhub

युभेन्ट्सलाई हराउँदै पिएसजी समूह उपविजेता


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युभेन्ट्सलाई २–१ अन्तरले पराजित गरे पनि पेरिस सेन्ड जर्मेन पिएसजी युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह ‘एच’को उपविजेता रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको खेलमा पिएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरे। उनले एक गोल सहित एक असिस्ट प्रदान गरे। यसैगरि नुनो मेन्डिसले एक गोल थपे। एब्बाप्पेको गोलमा भने स्टार खेलाडी लियोनल मेस्सीको असिस्ट रहेको थियो। युभेन्ट्सका लागि लिओनार्दो बोनुचीले गोल गरेपनि पर्याप्त रहेन।

समूह ‘एच’ कै अर्को खेलमा बेन्फिकाले मकाबी हैफालाई ६–१ अन्तरले पराजित गर्दै समूह विजेता बन्यो।

समान ६ खेलबाट पिएसजी र बेन्फिकाको समान १४ अंक छ। हेड टु हेडमा मा बेन्फिका शीर्षस्थानमा रह्यो। यस बाहेक समान तीन अंक बनाएका युभेन्ट्स र मकाबी समूह चरणबाट माथि बढ्न सकेनन्।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ७ : ५६ बजे

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा