छठ उत्सवको त्यो भयानक दुर्घटना | Khabarhub Khabarhub

छठ उत्सवको त्यो भयानक दुर्घटना


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गुजरातको पुल दुर्घटनासँग सम्बन्धित साँच्चै हृदय विदारक कहानी छन्। यो साता संसार नै दुई गम्भीर दुर्घटनाको सेरोफेरोमा घुमेको थियो। कोरियाको हलोवीन दुर्घटना र गुजरातको पुल दुर्घटना उत्तिकै दुखद र कहाली लाग्दा घटना थिए। गुजरातको पुल भत्किँदा त्यहाँ रहेका पैदल यात्रु एकै पटक खोलामा खसेका थिए। त्यहाँ मृत्यु भएका १ सय ३५ जना मध्य धेरै जसो बुढापाका, महिला र बाल बच्चा थिए।

१ सय ३७ वर्ष पुरानो सस्पेन्सन पुल मर्मत सम्भार पछि पाँच दिन अगाडि मात्र खोलिएको थियो। आक्रोशित स्थानीयवासी निर्माण कम्पनीको हेलचेक्र्याइँका कारण घटना भएको आरोप लगाउन थालेका छन्। घटनापछि स्थानीय अधिकारीलाई पनि धेरैले दोषी ठहर गर्न थालेका छन्।

महेश चाभदाले आइतबार साँझ नै त्यहाँको टिकट लिएका थिए। यसरी टिकट लिनेमा उनीसँगै अन्य दुई जना सँगै थिए। प्राविधिक मार्बल र सिंह मर्मर रहेको त्यस पुलमा यात्रा गर्नु महेशको लागि सपना नै थियो।

दुई सय ३० मिटर लामो पुल दरबार्ग दरबार र लाखधर्जी इन्जिनियरिङ कलेजलाई जोड्ने गर्छ। यसको निर्माण समय फरक फरक उल्लेख भएको पाइन्छ। स्थानीयवासीका अनुसार सन् १८८० मा महाराज वाग्जी थाकरेले पुलको निर्माण गरेका हुन्।

‘म त्यो स्थानमा मेरा अभिभावकसँग जाने गरेको थिएँ। पछिल्ला केही वर्ष यता भने हरेक आइतबार म मेरा साथीसँग हिँड्ने गरेको थिएँ,’ उनी त्यो पुल फेरी खोलिएको थाहा पाएपछि साथीहरूसँग आइतबार त्यहाँ जाने तालिकाले निरन्तरता पाएकोमा दङ्ग थिए।

अस्पतालको शैय्यामा घाँटीमा ब्यान्डेज लगाएर सुतीरहेका महेशकै अनुसार पुलमा पुगेपछि नै उनीहरूले एकदमै धेरै भिडको महसुस गरेका थिए। त्यसपछि उनीहरू एक छिन पर्खने सोचमा थिए। तर, टिकट जाँच गर्नेले तत्काल जानका लागि भनेपछि उनीहरू त्यहाँबाट हिँडे।

पुल उनीहरू बसेको भागसहित तल खोलामा खसेको थियो। यी तीनै जना टिनएजर घाइते भएका छन्। एकै परिवार धेरै जना मरेको समाचार आउन थालेको छ। त्यहाँको कोलाहल र रुवाबासी हेर्न नै नसकिने थियो।

गुजारतको नयाँ वर्ष सुरु भएको अवसरमा बुधवार त्यो पुल फेरी खोलिएको थियो। यस अगाडि नै ठेक्का पाएको कम्पनी ओरेभा ग्रुपका मालिक जयसुख भाइ पटेलले दुई करोड भारतीय रुपैयाँ पुल मर्मत सम्भार कार्यमा खर्च भएको जानकारी दिएका थिए। उनी सन् २००८ देखि त्यस पुल निर्माण कम्पनीमा कार्यरत थिए।

उनले अर्को ८ या १० वर्ष पुलमा कुनै पनि समस्या नहुने बताएका थिए। उनले प्रत्येक वर्ष पुल निर्माण गर्नु आवश्यक रहेको कुरामा भने जोड दिएका थिए। उनले फर्मले लिएको कामदार र औजार उच्च गुणस्तरको भएको बताएका थिए।

आइतबारको दुर्घटनापछि प्रहरीले ओरेभा कम्पनीसँग सम्बन्धित नौ जनलाई गिरफ्तार गरेको छ। दुई मेनेजरसहित दुई टिकट क्लर्क, दुई ठेकेदार र तीन सुरक्षाकर्मीलाई गिरफ्तार गरिएको हो। उनीहरूलाई हत्याकै आरोप लगाइएको छ। ओरेभाको भने यस बारे कुनै प्रतिक्रिया आएको छैन। त्यहाँको प्रत्यक्षदर्शीका अनुसार पुलको बीचमा एकदमै भीड थियो। त्यो भीडका धेरै जनाले मच्चाउन प्रयास गरिरहेका थिए।

ओरेभा अन्य थुप्रै प्रशासनिक कुरा पुरा गर्न पनि असमर्थ रहेको भन्दै प्रहरीले गिरफ्तार गरेको हो। स्थानीय निकायका प्रमुख गान्दीप सिंह गालाले ओरेभा कम्पनीले त्यसको सञ्चालन अगाडि सुरक्षा प्रमाणपत्र नलिएको बताएका छन्। धेरैले अहिले थुप्रै सुरक्षा मापदण्ड प्रयोग नगरीकनै पुल खोल्न हतार गरिएकोमा आक्रोश व्यक्त गर्न थालेका छन्।

स्थानीय निकायले सबै कुरा सार्वजनिक गरेको छैन। तर, पनि सन् २००८ मै ओरेभाले पुल बनाउने मौका पाएको थियो। उसले पुल मर्मत गर्ने तथा भाडामा सञ्चालन गर्ने अनुमति पाएको थियो। जालाले मार्च महिनामा त्यसलाई नवीकरण गरेका थिए। मार्च २०३७ सम्मका लागि १५ वर्षको अवधि तोकेर त्यसलाई अनुमोदन गरिएको छ।

वयस्कका लागि १५ तथा बच्चाका लागि १२ रुपैयाँ टिकट दर सम्झौतामा थियो। यसका बाबजुद प्रिमियरका लागि भन्दै प्रति टिकट दुई रुपैयाँ थप गरिएको छ। अधिकारीहरू यसको पूर्ण छानबिन गर्दै तथ्य कुरा बाहिर ल्याउने कुरामा प्रतिबद्ध रहेको बताउँछन्।

यो दुर्घटनाको मुख्य कारण धेरै जनाको भीड भएको कुरामा विमति हुन सक्दैन। धेरैको अनुमान १ सयदेखि १ सय ५० जना थिए भन्ने छ। तर, कोही भने पाँच सय जनासम्म रहेको हुनसक्ने बताउँछन्।

मोर्बीको दुर्घटनास्थल नजिक रहेका एक व्यक्ति त पहिले कहिले पनि त्यस्तो भीड नै नदेखेको बताउँछन्। दीपावलीको बिदा मनाउन तथा दुई वर्षको कोभिड सुरक्षाका मापदण्डपछि खुला जीवनमा रमाइलो गर्न त्यत्ति धेरै भीड जम्मा भएको धेरैको अनुमान छ।

एक पटकमा कत्ति जनालाई जान दिने भन्ने कुरा व्यवस्थापकीय जिम्मेवारीको कुरा हो। तर, एकै पटक धेरै जनालाई पठाएर पैसा कमाउने कुरामा मात्र ध्यान दिइएको पाइयो’, स्थानीय बासीको आक्रोश छ। यसमा स्थानीय अधिकारी र प्रहरीको पनि गल्ती भएको धेरैको जिकिर छ।

धेरै जनाको आक्रोश अन्य कुरामा पनि छ। सुरक्षा मापदण्ड नै तय नहुँदै हजारौँ जनाको उपस्थिति कसरी भन्ने पनि छानबिनको विषय हुनु पर्ने धेरैको मत छ। नजिक प्रहरी, डाइभर र डुङ्गाको व्यवस्था नगरी यो पुल सञ्चालन गर्नु धेरै नै गलत भएको उनीहरूको मत छ।

स्थानीय न्यायिक अधिकारी एनके मुचहर कम समयमै धेरैको उद्धार हुनुलाई सकारात्मक रूपमा लिन चाहन्छन्। उनी १० मिनेटको अन्तरमा डाइभर, पौडीबाज, डोरी र डुङ्गाको व्यवस्था गरी सकेको बताउँछन्। नजिक घरमा खोलाको किनारमा मन्दिर बनाइरहेका व्यक्तिले उद्धार नगरेको भए मृत्यु हुनेको सङ्ख्या अझ धेरै हुनसक्ने उनी बताउँछन्।

यी नै मध्येका एक नीराजन दास दुर्घटना हुँदा त्यस दिनको मन्दिर निर्माणको काम सकेर डिलमा बसेर पुलमा हेरिरहेको थिए। एउटा समूहसहित रहेका उनी उडेको धुलाको कारण आजित थिए। निर्माण कम्पनीबाट ल्याइएका डोरीको सहयोगमा उनीसहित सातजना पानीमा गएर उद्धार कार्यमा खटिएका थिए। आफूहरूले ८ जनाको ज्यान जोगाएको तथा दर्जनौँ शव बाहिर ल्याएको उनी बताउँछन्। उनी आफूसहित धेरै जना चोट ग्रस्त भएको समेत बताउँछन्।

६१ वर्षीय पर्वत गोविन्द दुई वर्ष अगाडि मोर्बी पुगेका थिए। उनी मन्दिरको रेखदेखमा संलग्न छन्। उनले पनि त्यो दुर्घटना आफ्नै आँखाले देखेका हुन्।

यो दुर्घटना अहिले संसारमै चासोको विषय बनेको छ। अमेरिकी राष्ट्रपति जो वाइडेन र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन लगायत संसारका थुप्रै नेताले सहानुभूति व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति वाइडेनले भारतीयले सहेको यो दुःखको क्षणमा आफ्नो हृदय पनि उनीहरूको साथमा रहेको प्रतिक्रिया दिएका छन्। ‘अमेरिका र भारत सधैँका मित्र हुन्। यी दुई देशबीच एउटालाई चोट लाग्दा अर्को पनि कठिन हुन्छ। यस घडीमा ज्याउन गुमाउने र उनीहरूको परिवार प्रति अमेरिकीहरू समवेदना व्यक्त गर्छौ,’ बाइडेनको शोक वक्तव्यमा उल्लेख छ। संसारलाई झस्काउने यो दुर्घटनाका सबै तथ्य त अझ विस्तारै बाहिर आउने छन्। जे होस यो एउटा हृदय विदारक क्षण भने पक्कै हो। स्रोत : बीबीसी, वाइर

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ८ : २१ बजे

एमाले इलामको अध्यक्षमा बराल निर्वाचित

इलाम– नेकपा एमाले इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन्

गण्डकी प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जली अर्पण

कास्की– गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र

पर्यटकको पर्खाइमा म्याग्दीको जलजला क्षेत्र (तस्बिरहरू)

म्याग्दी- ठूलो जंगलको बिचमा घाँसे मैदान । आँखै अगाडी पुथा,

चिसो बढेपछि लिमी प्रहरी चौकी सिमकोटमा स्थानान्तरण

हुम्ला– हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी