जुम्लामा सेनाको हेलिकोप्टरमार्फत मतपत्र ल्याइँदै « Khabarhub

जुम्लामा सेनाको हेलिकोप्टरमार्फत मतपत्र ल्याइँदै


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपत्र ल्याउन थालिएको छ। जुम्लाका लागि निर्वाचन आयोगले हेलिकोप्टरबाट मतपत्र सुर्खेतबाट जुम्ला ओसार्न थालेको हो।

सेना नन्दबक्सगणका गणपति रविन थापाका अनुसार बुधबार २ पटक सेनाको हेलिकोप्टरले मतपत्र ल्याइएको छ। कर्णाली राजमार्गबाट ठूला गाडी आउन नसकेकाले मतपत्र हेलिकोप्टरमार्फत ल्याउन थालिएको हो ।

काठमाडौँबाट सुर्खेत गाडीमा मतपत्र पुगेको हो भने त्यहाँबाट जुम्ला ओसार्ने काम हेलिकोप्टरमार्फत भइरहेको छ।स्थानीय तहको निर्वाचनमा ट्रकमार्फत् मतपत्र ल्याइएको थियो।

जुम्लाका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार सुर्खेतबाट हेलिकोप्टरमा समानुपातिक तर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको छ। उनले  प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार र प्रदेशसभा समानुपातिकतर्फ ७४ हजार मतपत्र जुम्ला ल्याइएको छ। अब समानुपातिकको चार हजार मतपत्र आउन बाँकी छ। उनकाअनुसार बाँकी मतपत्र बिहीबार ल्याइने छ।

जुम्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि ७६ हजार मतपत्र र प्रदेशसभा ‘क’ का लागि आवश्यक ४१ हजार तथा प्रदेशसभा ‘ख’ का लागि ३६ हजार मतपत्र माग गरिएको  छ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ९ : ०८ बजे

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६