नारायणगढ-मुग्लिन सडकखण्ड : क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ « Khabarhub

नारायणगढ-मुग्लिन सडकखण्ड : क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन – घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ-मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ। सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो।

पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन्। नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेछ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले नापजाँच र मूल्याङ्कनको काम गरेर सिफारिस गरिसकेको कार्कीले बताए।

‘सडकखण्डमा पर्ने पुल आसपासका घरको ५० हजारदेखि रु सात लाखसम्म क्षतिपूर्ति दिनुपर्ने छ’, उनले भने, ‘एक करोड २५ लाख माग गरेका छौँ।’ गतवर्ष क्षतिपूर्तिको रकम विनियोजन नहुँदा समयमै पुल निर्माण सम्पन्न गर्न नसकिएको उनको भनाइ छ।

‘यो वर्ष जसरी पनि क्षतिपूर्तिको रकम व्यवस्थापन गर्नुपर्छ। त्यसका लागि विभाग र मन्त्रालय धाइरहेका छौँ’, कार्कीले भने। तिहारअघि भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकले समेत स्थलगत निरीक्षण गरेको भन्दै यस वर्ष क्षतिपूर्तिको रकम विनियोजन हुनेमा आशावादी रहेको उनले बताए।

‘कतिपय स्थानको छेउछाउमा घरटहरा भए पनि बिचमा काम गरिरहेका छौँ’, कार्कीले भने, ‘स्थानीय बासिन्दासँग आपसी सहमति गरेर भए पनि काम गरेका छौँ।’ मुग्लिनबाट नारायणगढतर्फ जाने पहिलो पुलमा जग खन्ने बित्तिकै घरटहरा भत्किने भएका कारण क्षतिपूर्ति नदिँदा काम सुरु गर्न नसकेको उनले बताए।

नाम्सी, रिद्धीखोला, खहरे, खोर, लामोबालुवा, भोर्ले र सिमलताल पुलका छेउमा रहेका घरटहरालाई क्षतिपूर्ति दिनुपर्ने प्रमुख कार्कीको भनाइ छ।

विश्व बैंकको ऋण सहयोगमा निर्माणाधीन १५ मध्ये चालु आर्थिक वर्षभित्र १२ वटा पुल निर्माण सकिने आयोजनाले जनाएको छ। निर्माण पूरा भएका पुल नजिकै सडकमा जोडिएका घरटहरालाई दिने क्षतिपूर्ति भने ऋण सहयोगमा परेको छैन। उक्त क्षतिपूर्ति सरकारले दिनुपर्ने छ। सरकारले त्यसका लागि बजेट निकासा गरेको छैन। आयोजनाका अनुसार यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी तिहारपछि पुल निर्माण धमाधम भइरहेका छन्।

आयोजना प्रमुख कार्कीले १५ मध्ये १२ पुल यही आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने दाबी गरे। १९ पुलमध्ये चारवटा यसअघि नै निर्माण सम्पन्न भइसकेको उनले बताए। पछिल्लोपटक १५ पुल निर्माणका लागि दुई प्याकेजमा ठेक्का आह्वान गरेर काम सुरु गरिएको हो।

तीमध्ये पहिलो प्याकेजको ४५ र दोस्रो प्याकेजको ८२ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ। समग्रमा १५ पुल निर्माणको काम ६० प्रतिशत सकिएको छ। सडकखण्डअन्तर्गतका पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको हो। प्याकेज-१ मा इच्छाकामना गाउँपालिकाको मुग्लिनबाट रिग्दीखोलासम्मका पुल छन्। खहरे, चिसेन्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन्।

प्याकेज-२ मा भरतपुर महानगरपालिकाअन्तर्गत सिमलतालबाट जुगेडीसम्मका पुल पर्छन्। जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोला गरी आठ पुल छन्। यो प्याकेजअन्तर्गत जुगेडीबाहेक अन्य पुलको ९० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ।

कार्कीका अनुसार प्याकेज-१ का सातवटा पुल चार सय ४२ मिटर लामा छन् भने प्याकेज-२ का आठ पुल ३८१ मिटर लामा छन्। पुलको गाडी गुड्ने ठाउँ ७.५ मिटर फराकिलो हुनेछ। दुवैपट्टि १.५ मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ। ठेकेदार कम्पनीलाई नक्सांकनसहित ठेक्का दिइएकाले कुल खर्चमा १० प्रतिशत तलमाथि हुनसक्ने आयोजनाले जनाएको छ।

दुवै ठेक्का एउटै कम्पनीको रहेको छ। पन्ध्र पुलका लागि २०७६ चैत १० गते ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो। सम्झौताको ३३ महिनामा काम सम्पन्न गर्ने गरी ‘अनक कन्स्ट्रक्सन’ले ठेक्का लिएको थियो तर सम्झौताको म्याद सकिन दुई महिनामात्रै बाँकी छ। एक वर्ष म्याद थप गर्ने आयोजनाको तयारी छ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ९ : २३ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री