उम्मेदवार घरदैलोमा, युवा कामको खोजीमा भारततर्फ | Khabarhub Khabarhub

उम्मेदवार घरदैलोमा, युवा कामको खोजीमा भारततर्फ


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी – कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का लक्ष्मण चौधरी बुधबार साँझ गड्डाचौकी नाकामा भेटिए। दशैँतिहार मनाउन गाउँ फर्किएका उनी चाडपर्व सकिएपछि पुनःकामको खोजीमा भारतको बद्रीनाथतर्फ लागेका हुन्।

चौधरीसँगै बेलौरी र लालझाडीका १७ युवा रोजगारीका लागि भारत लागेका हुन्। आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भोट माग्न दलका उम्मेदवार मतदाताको घरदैलो गरिरहेका वेला गड्डाचौकी नाकाबाट थुप्रै युवा रोजगारीका लागि भारत जाने क्रम बढेको छ।

‘चुनाव आएर हामीलाई के नै हुन्छ र नेताहरू भोट मागेपछि फर्किँदैनन्’, चौधरीले भने, ‘हामीलाई त भारत नगई सुख छैन, नत्र परिवार कसरी पाल्ने!’ उनले चुनावमा मात्रै आश्वासन दिने नेताले स्वदेशमै रोजगारीको व्यवस्था गर्न नसक्दा भारत जानुपर्ने बाध्यता रहेको बताए।

आर्थिक अवस्था कमजोर भएकाले पढाइ छोडेर रोजगारीका लागि भारत जान लागेका चौधरीले त्यहाँ लामो समयदेखि मजदुरी गर्दै आएका छन्।

लक्ष्मणसँगै कामको खोजीमा जान लागेका बेलौरी नगरपालिका–५ का धर्मा चौधरी पनि स्वदेशमा रोजगारीको सिर्जना नहुँदा भारतको जानुपरेको बताउँछन्। ‘त्यहाँ गएर मजदुरी गर्न साह्रै दुःख हुन्छ, तर जानै पर्ने बाध्यता छ’, उनले भने, ‘अहिले पनि नेताहरू रोजगारी दिन्छौँ भनेर गाउँमा भोट माग्दै छन्, हेरौँ यसपालि के गर्छन्।’ नेताहरू अहिले गाउँमा भोट माग्न आउँदा आफूहरूका लागि स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गरेको उनले बताए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार तिहार सकिएपछि रोजगारीका लागि भारत जानेको संख्या बढेको छ। प्रहरीको तथ्यांकअनुसार मंगलबार ८९ जना रोजगारीका लागि भारत गएका छन्। बुधबार एक सय ८० जना बाहिरिएका छन्।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ११ : १५ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही