भकुण्डेमा विदेशी पर्यटक « Khabarhub

भकुण्डेमा विदेशी पर्यटक


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा– कोरोना महामारीपछि बागलुङको भकुण्डेमा रहेको सामुदायिक घरबासमा पहिलोपटक विदेशी पर्यटक पुगेका छन् । बुधबार वल्र्ड भिजन अर्गनाइजेसनले विश्व भेगन समूहका नौ सदस्यलाई बागलुङ नगरपालिका-१० भकुण्डेस्थित  अतिथि सत्कार सामुदायिक घरबास पुर्‍याएको हो । समूहमा तीन बेलायती, छ अमेरिकी र तीन नेपाली नागरिक रहेका छन् ।

लामो समयपछि घरबासमा विदेशी पर्यटक आएपछि घरबास सञ्चालक उत्साहित भएका छन् । कोरोना महामारीको समयमा तीन वर्षयता घरबास कहिले सञ्चालन हुने र कहिले बन्द हुँदै आएको थियो । आन्तरिक पर्यटकको प्रायः भीड लाग्ने यहाँको घरबासमा तीन वर्षपछि विदेशी पर्यटक आएको घरबास सञ्चालक इन्द्रा थापाले बताए । ‘हामी घरबास सञ्चालन गरेर पाहुनाकै पर्खाइमा हुन्थ्यौँ, स्वदेशी वा विदेशी जोकोही आउँदा पनि खुसी लाग्छ’ उनले भने- ‘हाम्रो व्यवसाय नै घरबास हो, यहीँको आम्दानीले जीवन धान्नुपर्छ ।’

भकुण्डे पुगेका विदेशी पर्यटकलाई घरबास सञ्चालकले सामूहिकरुपमा स्वागत गरेका थिए । कोरोना महामारीअघि २०७६ सालको कात्तिक १४ गते भकुण्डेका घरबास बस्न पुगेको उक्त समूह तीन वर्षपछि कात्तिक १६ गते सोही घरबासमा पुगेको हो । ‘हामीले हरेक वर्ष समूहका सदस्यलाई पालैपालो बागलुङ बजार र यहाँका घरबासमा ल्याउने योजना बनाएका थियौँ’ वल्र्ड भिजन अर्गनाइजेसन नेपालका अध्यक्ष सुरेश शर्माले भने ‘उनीहरु यहाँको प्रकृतिसँग रमाउँछन्, स्वच्छ स्थानीय खानपान हुने भएकाले त्यसको प्रबद्र्धनसमेत हुने गरेको छ ।’ 

नगरपालिकाले तीन वर्ष पहिले विदेशी पर्यटक भित्र्याउन पहल थालेकामा उक्त समूहले साथ दिएको थियो । बागलुङका विभिन्न पर्यटकीय क्षेत्र घुम्न आउने पर्यटक यहाँको प्रकृतिसँग रमाउने गरेको उनले बताए । ‘यीनीहरु दुई दिन घरबासमा र एक दिन बजारमा बस्नुहुन्छ, बीचमा यहाँको कला र संस्कृति अवलोकन, प्राकृतिक सम्पदासँग रमाउनु भएको  छ’ अध्यक्ष शर्माले भने ‘यो निरन्तर प्रक्रिया हुनेछ ।’ विदेशी पर्यटक घरबासमा पुगेपछि यहाँको प्रचारप्रसार र उत्पादनको उपयोगमा सहयोग पुग्ने उनले बताए ।

भकुण्डेमा रहेको भ्यू टावरबाट सूर्योदय हेर्ने, यहाँबाट देखिने हिमशङ्खलाले उनीहरुलाई लोभाउने गरेको छ । भकुण्डेमा कोदोको ढिँडो, गुन्द्रुक, स्थानीय जातको आलुलगायत उत्पादन उनीहरूले प्रयोग गर्ने गरेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  १ : ०१ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका