१७ वटा सञ्चार माध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण | Khabarhub Khabarhub

१७ वटा सञ्चार माध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेस काउन्सिल नेपालले गरेको निर्वाचन केन्द्रित आचारसंहिता अनुगमनका क्रममा १७ वटा समाचार माध्यमबाट आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेषण भएको पाइएको छ । काउन्सिलद्वारा आज जारी प्रेस विज्ञप्तिमा यही कार्तिक १६ गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार २ वटा छापा माध्यम, २ वटा टेलिभिजन र १३ वटा अनलाइनले निर्वाचन आचारसंहिताप्रतिकूल समाचार तथा समाचार-सामग्री सम्प्रेषण गरेको जनाइएको छ ।

यी समाचार माध्यममध्ये ४ वटालाई निर्देशन, २ वटालाई ध्यानाकर्षण, ६ वटालाई सचेत र ४ वटालाई स्पष्टीकरण पत्र पठाइएको र दर्ता/सूचीकरण नभएका २ वटा न्यूज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको काउन्सिल वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी उक्त विज्ञप्तिमा जनाइएको छ ।

‘अनुगमनको क्रममा केही सञ्चार माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको एकपक्षीय वकालत गर्ने, एउटै सामग्रीमा कुनै राजनीतिक दल, दलका उम्मेदवारको बारेमा पक्षपोषण गर्ने र कसैको बारेमा नकारात्मक प्रभाव पार्ने तथा होच्याउने किसिमले तथ्यगत पुष्ट्याइँबेगर विश्लेषण हुने गरेको पाइएको हुँदा त्यसतर्फ सजगता अपनाउन सम्पूर्ण सञ्चार माध्यममा आग्रह गरिन्छ ।’-विज्ञप्तिमा उल्लेख छ ।

यस्तै राजनीतिक दलको आमसभा-भेला जस्ता कार्यक्रममा एक-अर्को दल तथा दलका उम्मेदवारप्रति व्यक्त हुन सक्ने घृणास्पद अभिव्यक्तिलाई स्थान नदिनेतर्फ सञ्चार माध्यम सजग रहनुपर्दछ भन्दै विज्ञप्तिमा भनिएको छ ‘त्यसैगरी राजनीतिक दलका आमसभा-भेला कार्यक्रमहरू प्रत्यक्ष प्रसारण हुने गर्दछन् । यसो गर्दा सबै राजनीतिक दलका त्यस्ता कार्यक्रमलाई प्रत्यक्ष प्रसारणको रुपमा स्थान दिन सम्भव प्रायः कम हुन गइ सन्तुलन गुम्न जाने हुँदा त्यस्ता कार्यक्रमको प्रत्यक्ष प्रसारणमा सजगता अपनाउनुपर्दछ ।’ साथै, निर्वाचन आचारसंहिता, २०७९ को दफा २५ (च) मा ‘कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेञ्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम, अनलाइनजस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने’ व्यवस्था रहेको हुँदा त्यसतर्फ ध्यान पुर्‍याउन काउन्सिलले पुनः स्मरण गराएको छ । 

प्रेस काउन्सिल नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र सम्वर्द्धन गर्न सदैव क्रियाशील र सजग रहेको प्रष्ट पार्दै निर्वाचन सफल बनाउन राज्यका विभिन्न निकायजस्तै सञ्चार जगतको पनि विशेष भूमिका हुने हुँदा स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित र सन्तुलित रूपमा समाचार सम्प्रेषण गर्न गर्न  सम्पूर्ण पत्रकार तथा सञ्चार माध्यमलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ६ : ३१ बजे

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका

२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

पेरिस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा