भारतको रक्षा मन्त्रालय विश्वको सबैभन्दा ठूलो रोजगारदाता « Khabarhub

भारतको रक्षा मन्त्रालय विश्वको सबैभन्दा ठूलो रोजगारदाता


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको रक्षा मन्त्रालय विश्वकै सबैभन्दा ठूलो रोजगारदाता संस्था रहेको पाइएको छ । हालै स्टाटिस्टा नामक संस्थाले सार्वजनिक गरेको तथ्यांकमा भारतको रक्षा मन्त्रालय संसारकै सबैभन्दा ठूलो रोजगारदाता संस्था रहेको उल्लेख छ ।

भारतको सैन्य क्षेत्रमा कार्यरत सैनिक, जगेडा सैनिक र नागरिक जनशक्ति गरी रक्षा मन्त्रालयको मातहतमा २९ लाख २० हजारभन्दा धेरैले रोजगारी पाएका छन् ।

भारतको रक्षा मन्त्रालयपछि सबैभन्दा ठूलो रोजगारदाता कम्पनीको सूचीमा दोस्रो स्थानमा अमेरिकाको रक्षा मन्त्रालय रहेको छ । अमेरिकी रक्षा मन्त्रालयले २९ लाख १० हजार जनालाई रोजगारी दिँदै आएको छ ।

त्यस्तै, तेस्रो स्थानमा चीनको जनमुक्ति सेना र चौथो स्थानमा अमेरिकी निजी कम्पनी वालमार्ट रहेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ८ : ४७ बजे

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत