गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति दिने « Khabarhub

गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति दिने


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाले स्नातक तहसम्मको अध्ययन गर्न चाहने बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।

नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसलाई छात्रवृत्ति वापतको रकम एकमुष्ट उपलब्ध गराउने नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले जानकारी दिए । निम्न आय भएका बुहारीहरू शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर कार्यक्रम शुरु गरिएको उनको भनाइ छ ।

छात्रवृत्तिका लागि बुहारीहरुले बिवाह दर्ताको प्रमाणपत्र, निम्न आय भएको सिफारिस र निवेदन पेस गर्नुपर्नेछ । क्याम्पस प्रमुख हिन्दबहादुर दाहालले नगरपालिकासँग मासिक शुल्क तिर्ने गरी निवेदन माग गरिएको बताए ।

क्याम्पस प्रमुख हिन्दबहादुर दाहालले नगरपालिकासँग मासिक शुल्क तिर्ने गरी निवेदन माग गरिएको बताए। उनका अनुसार छात्रवृत्तिका लागि करिब एक सय बुहारीहरुले निवेदन पेस गरेका छन् । नगरपालिकाका प्रमुख सुवेदीले यसवर्ष बुहारी र अर्को वर्ष छोरीका लागि छात्रवृत्ति प्रदान गरिने बताए।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १० : १० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल