विश्वकपदेखि ओलम्पिकसम्म, यो वर्ष खेलकुदले तान्नेछ विश्वको ध्यान | Khabarhub Khabarhub

विश्वकपदेखि ओलम्पिकसम्म, यो वर्ष खेलकुदले तान्नेछ विश्वको ध्यान


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामान्यतया: प्रत्येक ओलम्पिक वर्षको बीचमा संसारका दुई प्रमुख खेल एथलेटिक्स र पौडीका विश्व च्याम्पियनसिप आयोजना हुने गर्छन् । यसैगरी फुटबलको विश्व च्याम्पियनसिप चार वर्षको अन्तरालमा हुने गर्छ ।

यी फरक वर्षमा हुने गरेका छन् । कोरोना महामारीले थुप्रै खेल महोत्सवलाई स्थगित गर्‍यो भने थुप्रै खेल तालिकाहरू प्रभावित बने ।

सन् २०२० मा आयोजना हुनुपर्ने गृष्मकालीन ओलम्पिक एक वर्ष ढिला सरेर सन् २०२१ मा सम्पन्न भएपछि सो वर्ष आयोजना हुन तय भएका विश्व एथलेटिक्स च्याम्पियनसिप तथा विश्व पौडी च्याम्पियनसिप सन् २०२२ मा आयोजना गरिँदैछ ।

सन् २०२२ मै विश्वकप फुटबलको आयोजना हुनेछ । यसै गरी, महिला विश्वकप फुटबल प्रतियोगिताको आयोजना पनि यसै वर्ष हुनेछ ।

कमनवेल्थ खेलकुद, युरोपेली स्पोर्ट्स च्याम्पियनसिप तथा रग्बी लिग विश्वकप पनि यसै वर्ष हुनेछ ।

यी सबै खेल महोत्सव हुने भएता पनि वर्ष २०२२ विश्व खेलकुदमा लागि ‘पहिलो गासमै झिँगा’ साबित भएको छ । मानव अधिकार, समानता र न्यायको प्रतीक मानिने खेलकुद क्षेत्रका लागि यस वर्ष हुने शीतकालीन ओलम्पिक नै खेल भावना विपरीत चलेको चीनले आयोजना गरेको कारण यसको महत्त्व घटेको छ । पछिल्ला केही वर्ष मानव अधिकारको सवालमा कमजोर साबित भएको तथा बारम्बार मानव अधिकारको हनन गर्ने चीनले नै शीतकालीन ओलम्पिकको आयोजना गरिरहेको छ ।

४ देखि २० फेब्रुअरीको बीचमा बेइजिङमा शीतकालीन ओलम्पिक तथा हिउँदे ओलम्पिकको आयोजना हुनेछ । सो ओलम्पिकमा  धेरै देशले सहभागिता जनाउने या नजनाउने भन्ने लामो समयको बहसपछि कूटनैतिक बहिष्कारको नीति लिएका छन् । यसरी बहिस्कार गर्ने देशमा अमेरिका रहेको छ । ह्वाइट हाउसले मानव अधिकारप्रतिको आफ्नो प्रतिबद्धता यथावत् रहेको जनाउँदै  खेलाडीको भावनालाई मनन गर्दै सहभागिता जनाए पनि कूटनैतिक बहिष्कार गर्ने निर्णय गरेको हो ।

हङकङमा लागु भएको अप्रजातान्त्रिक कानूनको विरुद्धमा संसारले एकबद्धता जनाइरहेको समयमा अमेरिकाले पनि मानव अधिकार विरोधी सो कानून यथावत् रहेसम्म चीनमा हुने कुनै पनि महोत्सवलाई सकारात्मक रूपमा नलिने सङ्केत गरिसकेको छ । थुप्रै देश आयोजक राष्ट्रप्रति असन्तुष्ट रहेका कारण शीतकालीन युद्धको महिमा नै घटे पनि अन्य महत्त्वपूर्ण खेल महोत्सवले धेरैका आँखा तान्नेछन् ।

५ फेब्रुअरी देखि १९ मार्चसम्म विश्व रग्बी लिग हुनेछ । संसारमा ठूला र शक्तिशाली रग्बी टोली यस च्याम्पियनसिपमा सहभागी हुनेछन् । वेल्स, स्कटल्यान्ड, फ्रान्स, बेलायत, आयरल्यान्ड र दक्षिण अफ्रिका यस च्याम्पियनसिपका उत्तिकै दाबेदार मानिएका छन् ।

मार्चको ४ देखि १३ मा बेइजिङमा शीतकालीन पारा ओलम्पिक खेलको आयोजना हुनेछ । आयोजक देशको मानवअधिकार विरोधी गतिविधिका कारण संसारमा सबै देशका लागि यो महोत्सवमा एकबद्धता कायम गराउने कुरामा शङ्का उत्पन्न भइरहेको छ ।

मार्च महिनामा महिला विश्वकप क्रिकेट प्रतियोगितामा आयोजना हुनेछ । यो प्रतियोगिता पनि सन् २०२१ मा नै तय भए पनि कोभिड १९ महामारीका कारण एक वर्ष ढिला सरेको हो । इङ्गल्यान्ड साबिक विजेताको रूपमा सहभागी छ भने अस्ट्रेलिया प्रतियोगिताको प्रमुख दाबेदार देखिएको छ ।

१३ देखि २९ मेका बीचमा फीना विश्व पौडी च्याम्पियनसिप आयोजना हुँदैछ । जापानको फुकाओकामा आयोजना हुने यो महोत्सव यस वर्षको प्रमुख दुई महोत्सव मध्यको एक हो । यस च्याम्पियनसिपमा पौडी, डाइभिङ, हाइ डाइभिङ, वाटर पोलो, आर्टिस्टीक पौडी र ओपन वाटर पौडीको प्रतिस्पर्धा हुनेछ ।

सबैभन्दा प्रतिष्ठित मानिएको पौडीमा अमेरिकाको दबदबा रहनेछ । जापानको टोकियोमा सम्पन्न भएको ओलम्पिकमा पौडीमा पहिलो स्थान हात पारे पनि रियो ओलम्पिक र सन् २०१७ को विश्व च्याम्पियनसिपको तुलनामा खस्किएको थियो । यसै लयमा सोही स्तरको सफलता पाउने अभियानमा अमेरिका रहेको छ । अमेरिकालाई अस्ट्रेलियाले बलियो चुनौती दिनेछ ।

जुलाई १५ देखि २४ का बीचमा विश्व एथलेटिक्स च्याम्पियनसिपको १८ औ संस्करण अमेरिकाको ओरिगीनमा आयोजना हुँदैछ । गत टोकियो ओलम्पिकमा विगतमा भन्दा कमजोर रहेको अमेरिकी टोली यस च्याम्पियनसिपमा फेरी पुरानै लयमा फर्कने अभियानमा छ ।

खासमा युसेन बोल्टको युगपछि अमेरिकाले फेरि स्प्रीन्टमा पुरानै पकड कायम राख्ने अनुमान गरिए पनि टोकियो ओलम्पिक त्यो भन्दा फरक भएको थियो । यस वर्ष हुने विश्व च्याम्पियनसिपमा अमेरिकाले पुरानो साख फर्काउने अनुमान गरिएको छ ।

साकारी रिचर्डसनको पुनरागमन, युवा स्टार एरिगन निंघटनको प्रदर्शन र एथिङ मुको स्टारडम अमेरिकाका लागि हेर्नलायक पक्ष हुने छन् । यसै गरी, सोही च्याम्पियनसिपमा इथियोपिया र केन्याका लामो तथा मध्यम दूरीका धावक एवं जमैका लगायत अन्य क्यारेबीयन स्प्रीन्टरको प्रदर्शन पनि सबैका लागि चासोको विषय हो ।

हरेक वर्षको खेलकुदमा चार वटै ग्रान्ड स्लाम टेनिसका स्पर्धाको आफ्नो महत्त्व त छँदै छन् । जनवरी १७ देखि ३० को बीचमा मेलबर्न पार्कमा वर्षको पहिलो ग्रान्ड स्लाम टेनिसका रूपमा अस्ट्रेलियन ओपनको आयोजना हुनेछ । यसैगरी फ्रान्सको रोनाल्ड ग्यारोस टेनिस कोर्टमा १६ मे देखि ५ जुनसम्म फ्रेन्च ओपनको आयोजना हुनेछ ।

यस लगत्तै २७ जुन देखि १० जुलाईसम्म विम्बल्डन टेनिसको आयोजना हुनेछ । वर्षको अन्तिम ग्रान्डस्लामको रूपमा २९ अगस्ट देखि ११ सेप्टेम्बरसम्म अमेरिकाको जियन किङ नेसनल टेनिस सेन्टरमा वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिसको आयोजना हुँदैछ । यी सबै प्रतियोगितामा नोभाक जोकोभीकले नै धेरैको आँखा तान्नेछन् ।

जुलाई महिनामा महिलाको युरोपेली च्याम्पियनसिप फुटबल प्रतियोगिताको आयोजना हुँदैछ । प्रतियोगितामा नेदरल्यान्डले साबिक विजेताको रूपमा सहभागिता जनाउनेछ ।

२८ जुलाई देखि ८ अगस्टको बिचमा बर्मीङघममा कमनवेल्थ खेल महोत्सवको आयोजना हुनेछ । महोत्सवमा बेलायती टोलीका साथै पूर्व बेलायती साम्राज्यका टोली रहने छन् । राष्ट्र मण्डलीय खेलको रूपमा परिचित यस खेलमा  आयोजक बेलायत नै पहिलो हुने अपेक्षा गरिएको छ ।

यसैगरी अस्ट्रेलिया अर्को बलियो टोलीको प्रतियोगितामा सहभागी हुन सक्नेछ । कमनवेल्थ खेलकुदमा सहभागी देशहरूको सङ्ख्या फरक भए पनि खेल र स्पर्धाको धेरै जसो स्वरूप ओलम्पिक खेल महोत्सवकै स्वरूपमा हुनेछ ।

११ देखि २१ अगस्टमा ओलम्पिक खेलकुदकै क्षेत्रीय स्वरूपमा युरोपेली च्याम्पियनसिपको आयोजना हुँदैछ । अन्य भूगोलमा क्षेत्रीय या महादेशीय च्याम्पियनसिपको आयोजना  धेरै समयअघि हुँदै गरेको भए पनि युरोपले सन् २०१८ मा पहिलो पटक महादेशीय च्याम्पियनसिपको आयोजना गरेको हो । यसैको दोस्रो संस्करण सन् २०२२ मा म्युनिखमा आयोजना हुन लागेको हो ।

यस महोत्सवमा पनि रुसी ओलम्पिक कमिटी, जर्मनी तथा बेलायती खेलाडीको बिचमा पदकका लागि मुख्य प्रतिस्पर्धा हुने छ ।

८ देखि १२ अक्टोबरको बिचमा महिला रग्बी च्याम्पियनसिपको आयोजना हुँदै छ । यस च्याम्पियनसिपमा साबिक विजेता न्युजील्यान्डले उपाधि रक्षा गर्ने अनुमान गरिएको छ । यसै वर्ष रग्बी लिग विश्वकपको अर्को स्वरूप

१७ अक्टोबर देखि १४ नोभेम्बरमा टी २० विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना हुँदै छ । अस्ट्रेलिया साबिक विजेताको रूपमा सो प्रतियोगितामा सहभागी हुने छ ।

विश्वकै महत्त्वपूर्ण खेल महोत्सवको रूपमा कतारमा आयोजना हुने विश्वकप फुटबल प्रमुख रहेको छ । फ्रान्सले प्रतियोगितामा साबिक विजेताको रूपमा उपस्थिति जनाउने छ ।  सामान्यतया गृष्मकालीन समयमा फुटबल विश्व कप हुने गरेको भए पनि कतारको अत्यधिक गर्मीका कारण यस वर्षको विश्वकप फुटबल २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म आयोजना हुने छ ।

संसारका यस्ता अनेकन् खेल महोत्सव सन् २०२२ मा आयोजना हुने छ । वर्षको सुरुवातमा आयोजक राष्ट्रका गतिविधिका कारण खल्लो महसुस भए पनि वर्षको अन्त्य रोमाञ्चक पाराले नै हुने छ ।

–एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  १० : २४ बजे

न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ : अध्यक्ष खड्का

काठमाडाैं– न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा

भक्तराजको निधनपछिका दृश्य राखेर फिल्म ‘आचार्य’ पुन प्रदर्शन हुने 

काठमाडौं– स्वर्गीय वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन– कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए ।

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं- काठमाडौं र बाँकेबाट अवैध लागूऔषधसहित  चार जना पक्राउ परेका

फोक्सोका बिरामीलाई सामाजिक सञ्जालमार्फत पाँच लाख सहयोग 

वालिङ– उपचारका लागि आर्थिक अभाव भएपछि फोक्सोका बिरामीलाई झन्डै पाँच