संयुक्त राष्ट्रसंघद्धारा सुडानको हिंसाको निन्दा « Khabarhub

संयुक्त राष्ट्रसंघद्धारा सुडानको हिंसाको निन्दा


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा भएको हिंसाको निन्दा गरेका छन् । उनले सुडानमा निरन्तर रुपमा बढ्दै गएको प्रदर्शनकारीमाथिको हिंसाको निन्दा गरेका हुन्।

त्यहाँ सरकारका विरुद्धमा विगत लामो समयदेखि प्रदर्शन जारी रहेको छ । सो प्रदर्शनका विरुद्धमा यहाँका प्रहरीले प्रदर्शनकारीमाथि आक्रमण गरिरहेका छन् ।

सुडानमा आन्दोलनका क्रममा भएको हिंसाको विरोध गर्दै महासचिव गुटर्रेसले प्रहरीलाई संयमता अपनाउन आग्रह गरेका छन् । उनले भनेका छन् – यो प्रदर्शनका क्रममा कैयौँ व्यक्तिको ज्यान गएको छ, प्रहरीले नागरिकको शान्तिपूर्ण रुपमा भेला हुने र आफ्ना असहमतिका विषयमा शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने अधिकारको सुरक्षा गर्नुपर्छ ।’

महासचिवका प्रवक्ता स्टेफान डुजारिकले यस्तो अवस्थामा सुडानमा शान्तिपूर्ण रुपमा राजनीतिक निकासको खोजी गर्न आग्रह गरिएको छ । त्यहाँको राजनीतिक अवस्था निकै संकटपूर्ण अवस्थामा पुगेको बताइएको छ ।

साथै महासचिव गुटर्रेसले त्यहाँका सबै राजनीतिक शक्ति र पार्टीहरुलाई शान्तिपूर्ण वार्ताको टेबुलमा बसेर निकास खोज्ने काममा लाग्न पनि आग्रह गरेका छन् ।

सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकले गत आइतबार आफ्नो पदबाट राजीनामा दिएका थिए । सुडानमा पछिल्लो समय राजनीतिक सङ्कट गहिरिँदै गएको छ । त्यहाँ प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचनको प्रयास भने जारी छ ।

राजनीतिक सङ्कट थप बढ्दै गएका बेला उनले आफ्नो पदबाट राजीनामा दिएको समाचारमा जनाइएको छ । नागरिक शासन बहाल गर्न माग गर्दै प्रदर्शन चर्किएपछि प्रधानमन्त्री अब्दुल्लाह हामदोकले राजीनामा दिएका बताइएको छ ।

टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री हामदोकले राजीनामा घोषणा गरेका हुन् । देशलाई अप्ठ्यारो अवस्थामा फस्नबाट जोगाउन आफूले सक्दो प्रयास गरेको तर सहमतिमा पुग्न नसकेको बताउँदै उनले भने ‘मैले जिम्मेवारी फिर्ता गर्ने निर्णय गरेको छु र प्रधानमन्त्रीको रुपमा मेरो राजीनामा घोषणा गरेको छु ।’

सुडान एक ‘खतरनाक मोड’मा रहेको बताउँदै उनले सङ्क्रमणकालीन अवधिको बाँकी काम पूरा गर्न मद्दत गर्ने बताए। गत अक्टोबर महिनामा सेनाले कू गर्दै सत्ता कब्जा गरेपछि हामदोकलाई नजरबन्दमा राखेको थियो । त्यसपछि केही हप्ता अगाडि मात्रै उहाँलाई सेनाले प्रधानमन्त्रीमा पुनःबहाली गरेको थियो ।

तर सेनासँग सम्झौता गरी प्रधानमन्त्री बनेको भन्दै उनको विरोध हुँदै आएको थियो । सुडानका नागरिकहरुले सेनासँगको सम्झौता नमान्ने र पूर्ण नागरिक शासन बहाल हुनुपर्ने माग गर्दै आएका थिए । उक्त प्रदर्शनको क्रममा दुई जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  १२ : १५ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ