अनिश्चितकालको लागि सर्‍याे ‘प्रेमगीत ३’ | Khabarhub Khabarhub

अनिश्चितकालको लागि सर्‍याे ‘प्रेमगीत ३’


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन १३ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’ अनिश्चितकालका लागि सरेको छ । भारतमा कोरोनाको भेरिएन्ट ओमिक्रोनको बढ्दो दर र नेपालमा पनि कोरोना संक्रमणको अनुपात बढ्दै गएको कारण प्रदीप खड्का र क्रिस्टिना गुरुङ अभिनित फिल्म सरेको हो ।

फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले भारत बजारका वितरक समूहको सल्लाह सुझाव अनुरुप फिल्म सारिएको जनाएका छन् । ‘नेपालमा कोरोना संक्रमणको दर बढ्न थालेपछि र भारत बजारका वितरक समूहले दिएको सल्लाह सुझावलाई मनन गर्दै थिएटर बन्द हुने क्रम बढेको हुनाले नेपाल र भारत अथवा विश्वभरी अलग अलग मितिमा प्रदर्शन नगरी एक साथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएको हुनाले फिल्मलाई अनिश्चितकालका लागि सारेका छौं’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

स्वं. छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको यस फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतको अभिनय छ । यो फिल्मबाट मनिष र क्रिस्टिनाले नायक–नायिकाको रुपमा डेब्यू गर्दैछिन् । फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  १२ : ११ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना