मार्चमा विवाह गर्दै फरहान–शिबानी | Khabarhub Khabarhub

मार्चमा विवाह गर्दै फरहान–शिबानी


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर र उनकी प्रेमिका शिवानी दाण्डेकर लामो समयदेखि डेटमा छन् । अभिनेत्री श्रद्धा कपूरसँगको प्रेमसम्बन्ध टुटेपछि फरहानको जीवनमा शिबानीको प्रवेश भयो र अहिलेसम्म उनीहरुले प्रेम सम्बन्धलाई कायम राखेका छन् । उनीहरु यसै वर्षको मार्चमा विवाह गर्दैछन् ।

समाचारअनुसार उनीहरु मुम्बईमा विवाह गर्दैछन् । कोरोना संक्रमणको दर बढ्दै गएका कारण अत्यन्त नजिकका आफन्त तथा परिवारको उपस्थितिमा उनीहरुले विवाह गर्नेछन् । बलिउडकर्मीमा दिनानुदिन कोरोना संक्रमण देखिने क्रम बढेपछि उनीहरुले विवाहमा फिल्मकर्मीलाई नबोलाउने भएका छन् ।

‘फरहान र शिबानीले विवाहका लागि एक पाँच तारे होटल बुक गराइसकेका छन् । उनीहरुले विवाहमा सब्यसाचीको विशेष पहिरन लगाउनेछन्’, फरहान निकट स्रोतले भनेको छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  १ : ०८ बजे

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित 

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको

कांग्रेस भन्छ– संसदीय समिति गठनमा रास्वपा लचिलो, एमाले सशंकित

काठमाडौं– सहकारी ठगी प्रकरण अघि सारेर संघीय संसदमा आन्दोलनरत प्रमुख

काठमाडौं महानगरपालिकामा न्याय संवाद कार्यक्रम सुरु

काठमाडौं– काठमाडौं महानगरपालिकाले न्याय संवाद कार्यक्रम सुरु गरेको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ : अध्यक्ष खड्का

काठमाडाैं– न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा

भक्तराजको निधनपछिका दृश्य राखेर फिल्म ‘आचार्य’ पुन प्रदर्शन हुने 

काठमाडौं– स्वर्गीय वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा