दलहरूले लोकतन्त्रको नामा लुटतन्त्र मच्चाए : अध्यक्ष लिङ्देन « Khabarhub

दलहरूले लोकतन्त्रको नामा लुटतन्त्र मच्चाए : अध्यक्ष लिङ्देन


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र पक्षधर राजनीतिक दलहरूले लोकतन्त्रको नामा लुटतन्त्र मच्चाएका भन्दै चर्को आलोचना गरेका छन् ।

मुलुकमा गणतन्त्र आएको १५ वर्ष भइसक्दा पनि राजनीतिक पार्टीले युवाहरूलाई रोजगारी प्रदान गर्ने एउटा पनि काम नगरी लोकतन्त्रको नाममा उनीहरू लुटतन्त्र मच्चाएको उनले आरोप लगाए ।

मंगलबार जनकपुरमा पार्टीले आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेला तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘गणतन्त्र आएको १५ वर्ष भइसकेको छ । युवाहरूलाई रोजगारी सिर्जना हुने एउटा पनि काम यी दलहरूले गर्न सकेन । यिनीहरूले देशलाई बेरोजगार युवाहरू उत्पादन गर्ने कारखानामा परिणत गरिदिएका छन् ।’

राजनीतिक दलहरूकै असक्षमताका कारण नेपालका ५५ लाख युवा वैदेशिक रोजगारका क्रममा देश बाहिर रहेको उनले बताए । उनले नेताहरूकै कारण स्वाभिमानी नेपाली बेरोजगार भएर अरवियनहरूको नोकर बन्न बाध्य भइरहेको बताएका थिए ।

विगतमा राजाले लिइरहेको सुविधा अहिलेको राष्ट्रपति विद्यादेवी भण्डारीले लिइरहेको बताउँदै अध्यक्ष लिङ्देनले भने, ‘राजाभन्दा पनि अहिले देशको साधन श्रोत दलहरूले खर्च गरिरहेका छन् । प्रत्येक पाँच वर्षमा राष्ट्रपति फेरिँदा पूर्व राष्ट्रपतिहरूलाई पनि सुविधा दिने जानेको हो, राज संस्थाको खर्च र अहिलेको व्यवस्थाको खर्च धेरै फरक हुन्छ ।’ उनले विगतको राजसंस्थाभन्दा अहिले गणतन्त्र खर्चिलो भएको बताए ।

राप्रपाका प्रदेश २ अध्यक्ष भरत गिरिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपाका पूर्व अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजसंस्था तराई, पहाड र हिमाल जोडने माध्यम रहेको बताएका छन् । दुई ठूला छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई सन्तुलनमा राख्न राजसंस्था आवश्यक रहेको डा लोहनीले बताए । न्यूजकारखाना

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ७ : ४० बजे

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका