धरानमा दुई मिनेट बोलेका प्रधानमन्त्री देउवाले के भने ? | Khabarhub Khabarhub

धरानमा दुई मिनेट बोलेका प्रधानमन्त्री देउवाले के भने ?


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न लागिपरिरहेको बताएका छन् ।

धरान दिवस २०७८ मा सहभागी हुन मंगलबार धरान आएका उनले प्रतिष्ठान सुधारमा आफू गम्भीर रहेको बताए । करिब २ मिनेट सम्बोधन गरेका उनले धरानलाई शिक्षा र स्वास्थ्यको हब बनाउन लागिपर्ने बचनसमेत दिए ।

उनले धरानमा रहेका केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, पूर्वाञ्चल इन्जिनियर क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस र पिण्डेश्वर विद्या पीठको उल्लेख्य सुधारको पक्षमा सरकार रहेको बताए ।

त्यस्तै उनले पार्टीलाई एक ढिक्का बनाउन सबैको सहयोग आवश्यक भएको बताए । उनले देशभरिका पार्टीका कार्यकर्ताहरू एक भएर हिँडेमा मात्र पार्टीमा पनि एकता हुने बताए । साथै उनले पार्टीमा एकता भए मात्र सरकार पनि बलियो हुने बताए ।

धरानका मेयरले राम्रो काम गरेको बताउँदै उनले धरानबाट कम्युनिस्टको गढ भत्किन सुरु भएको बताए । अब पनि धरानमा कांग्रेसलाई जिताउन लागि आग्रह गरेका थिए । देउवाले भने, ‘धरानमा कांग्रेसले कहिल्यै जित्दैन भन्ने थियो, हाम्रो मेयरले जितिसक्नु भयो । अब पार्टी एकताको सुरुआत पनि धरानबाट हुनेछ भन्ने विश्वास लिएको छु । ’

सबैको सहयोगले पार्टी सभापति भएको खुलाउँदै देउवाले यो कार्यकाल आफ्नो अन्तिम भएको पनि बताए । उनले पार्टीलाई एक बनाउने दायित्व आफ्नो भएको पनि बताए । देउवाले भने, ‘सबैको सहयोग विना पार्टी एक हुन सक्दैन । एक बनाउने दायित्व मेरो हो, र स्वार्थ पनि त्यही हो ।’

उनले नवनिर्मित नेपाली कांग्रेसको क्षेत्र नम्बर १ को पार्टी कार्यालय उद्घाटनसमेत गरे । त्यस्तै फोहोर मैला प्रशोधन केन्द्रको उद्घाटन गरेका उनले बसपार्कको अवलोकन गरेका छन् । धरान स्थापना दिवसको अवसरमा धरान उपमहानगरपालिकाले आज सार्वजनिक बिदासमेत दिएको थियो ।

गत पुस १४ गते बसेको कार्यपालिका बैठकले पुस २० गते धरान डेको अवसरमा धरान क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

धरानमा पुस २० गतेदेखि २३ गते तीन दिनसम्म धरान डे मनाउने निर्णय गरेको छ । धरान आधुनिक सहरको जग वि। सं।१९५७ सालमा सुरु भएको बताइन्छ । सोही अवसरमा तत्कालीन धरान नगरपालिकाले २०५७ सालमा शतवार्षिकी महोत्सव आयोजना गरेको थियो ।

त्यसपछि धरानमा पुस २० गतेलाई धरान स्थापना भएको मानकको रूपमा लिएर धरान डे मनाउँदै आएको छ । पुस २० गते आधुनिक धरान सहर स्थापनाको १२१औं वर्ष पुग्दै छ । न्यूजकारखाना

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ९ : २० बजे

औषधिमा २५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने ट्रम्पको संकेत

एजेन्सी – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित औषधिजन्य

पानीपुरी र चटपटेका ठेला खोज्दै काठमाडौँ महानगर, बिक्री अनुगमन गर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट नागरिकलाई बचाउन पानीपुरी, चटपटेलगायत

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

लेक लागेर अन्नपूर्ण क्षेत्रमा गत वर्ष १८ पर्यटकको मृत्यु

गण्डकी : गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८

एमालेले विधान महाधिवेशनलाई राजनीतिक उत्सवका रूपमा मनाउँछ : महासचिव पोखरेल

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दोस्रो विधान