विश्व इतिहासमा आज : फेसबुकको स्थापनादेखि अमेरिकाको पहिलो राष्ट्रपति बनेको दिन « Khabarhub

विश्व इतिहासमा आज : फेसबुकको स्थापनादेखि अमेरिकाको पहिलो राष्ट्रपति बनेको दिन


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज ४ फेब्रुबरी सन् २०२२ । प्र्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम

फेसबुकको स्थापना

सन् २००४ को ४ फेब्रुवरीमा सामाजिक सञ्जाल फेसबुकको स्थापना भएको थियो । सन् २००४ मा मार्क जुकरबर्गले हार्वर्ड विश्वविद्यालयमा हुँदा सँगै बस्ने सहपाठी साथीहरू, एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्रयु म्याककोलमसँग मिलेर फेसबुकको स्थापना गरेका हुन्।

वेबसाइटले सुरूमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरू माझ मात्र सीमित फेसबुक अहिले प्रायः देशमा प्रयोगमा छ । सामाजिक नेटवर्क सेवा फेसबुकका १ अर्ब भन्दाबढी सक्रीय कार्यकर्ता छन् । प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन्। आफ्नो प्रोफाइल अध्यावधिक गरी साथीहरूलाई उनीहरूबारे जानकारी समेत गराउँदछन्।

श्रीलंका स्वतन्त्र

सन् १९४८ मा श्रीलंकाले ब्रिटिश राष्ट्रमन्डलबाट स्वतन्त्र भएको घोषणा गरेको थियो । १६औं शताब्दीदेखि टापुको देश श्रीलंका पोर्चुगल, नेदरल्यान्ड, र ग्रेट ब्रिटेनको उपनिवश थियो ।

संयुत्त राज्य अमेरिका स्थापना

सन् १८६१ मा संयुक्त राज्य अमेरिका स्थापना भएको थियो । महासंघ स्थापनाका लागि ६ ओटा राज्यहरु अलाबामाको मोन्टगोमेरीमा वैठक बसेको थियो।

अमेरिकाको पहिलो राष्ट्रपति

सन् १७८९ को ४ फेब्रुवरीमा अमेरिकाको पहिलो राष्ट्र«पतिमा जर्ज वासिंगटन निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ७ : ३२ बजे

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौं – जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले