आजको मौसम : काठमाडौँ उपत्यकासहित देशभर वर्षाको सम्भावना « Khabarhub

आजको मौसम : काठमाडौँ उपत्यकासहित देशभर वर्षाको सम्भावना


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज काठमाडौँ उपत्यकासहित देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा बिहानै मुलुकका धेरै स्थानमा मेघगर्जन, चटयाङसहित वर्षा भइरहेको छ । काठमाडौंमा राति पनि वर्षा भएको थियो ।

दिउँसो देशका धेरै स्थानमा मेघ गर्जन/चटयाङ/असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी तथा लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ ।

राति प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना रहेको देखिन्छ साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

शनिबार प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ७ : ४१ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा