निद्राबाट ब्युँझँदा यी लक्षण देखिए सावधान हुनुहोस् « Khabarhub

निद्राबाट ब्युँझँदा यी लक्षण देखिए सावधान हुनुहोस्


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाइप–टु मधुमेह निकै खतरनाक मानिन्छ । साधरणतया यसको लक्षण रगतमा चिनीको मात्रा उच्च स्तरमा नभएसम्म देखिँदैन । तर रगतमा चिनीको मात्रा उच्च स्तरमा बढ्दा मुटु रोग लागिसक्ने खतरा बढ्न सक्छ । यद्यपि, बिहान निद्राबाट ब्युँझिएको केही समयपछि शरीरमा साधारण केही परिवर्तनले टाइप टु मधुमेहको खतरा संकेत गर्न सक्छ ।

बिहान उठ्दा मुख सुक्नु टाइप टु मधुमेहको संकेत मानिन्छ । राती बारम्बार पिसाब फेर्न उठ्नु, अत्यधिक प्यास लाग्नु पनि यसको लक्षण हो । मधुमेह हुँदा रगतमा ग्लुकोजको मात्रा अत्यधिक बढ्ने भएकोले असाध्यै प्यास लाग्छ र बारम्बार पिसाब लाग्छ । यदि बिहान उठ्दा मुख र घाँटी सुक्छ भने सतर्क हुनुपर्छ । यो टाइप–टु डायबिटिजको संकेत हुनसक्छ ।

टाइप टु मधुमेहलाई अन्य केही सानातिना लक्षणबाट पनि पहिचान गर्न सकिन्छ । थकान, आँखा धमिलो हुनु, यौनसम्बन्धी समस्या, सानो घाउ पनि ढिला गरी निको हुनु, फंगल इन्फेक्सन र शरीरमा दाना वा खटिरा निस्कने यसका लक्षण हुन सक्छ । तसर्थ टाइप–टु मधुमेहको लक्षण देखिएको छ र तुरुन्त यसको परीक्षण गराउनुपर्छ । साथै जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ ।

 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ७ : ४१ बजे

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौं – जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले