२१ करोड मुद्दतीमा लगानी गर्न दुई दिनको म्याद बाँकी « Khabarhub

२१ करोड मुद्दतीमा लगानी गर्न दुई दिनको म्याद बाँकी


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैकले बैंक तथा वित्तिय संस्थाको मुद्दती निक्षेपमा गर्ने भनिएको २१ करोड लगानीमा इच्छुक संस्थालाई बोलकबोल गर्ने २ दिनको समय मात्रै बाँकी रहेको छ ।

राष्ट्र बैंक कर्मचारी सुरक्षण कोषमा रहेका २१ करोड रुपैयाँ बाणिज्य, विकास र फाइनन्स कम्पनिलाई एक बर्षका अबका लागि मुद्दती निक्षेपमा लगानी गर्ने जनाएअनुसार इच्छुक कम्पनिले २३ माघ भित्र बोलकबोल गरिसक्नु पर्नेछ ।

मासिक रुपमा भुक्तानी गर्नुपर्ने सर्तमा राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकका लागि १६ करोड ८० लाख, ‘ख’ वर्गका विकास बैंकका लागि ३ करोड १५ लाख र ‘ग’ वर्गका वित्तीय कम्पनीलाई १ करोड ५ लाख रकम लगानी गर्ने छुट्याएको छ । जुन रकम आगमी ४ फागुनदेखि ४ फागुन २०७९ सम्मका लागि मात्रै कायम रहनेछ ।

न्यूनतम पुँजी कोष रहेको, निष्क्रिय कर्जाको कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, खुद तरल सम्पत्ति भएको हुनुपर्ने, दुई बर्ष पुरा भएको संस्थाले मात्रै सो रकम लिन सक्ने सर्त राष्ट्र बैंकले राखेको छ ।

राष्ट्र बैंकका अनुसार इच्छुक कम्पनिले लिन आफुले लिन चाहेको रकम र उक्त रकममा प्रदान गर्न सक्ने ब्याजदरसमेत उल्लेख गरेर निवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ११ : ४० बजे

काठमाडौँस्थित मस्जिदमा मनाइयो ‘इद उल फित्र’

काठमाडौँ– अरबी पात्रो अनुसार ‘इद उल फित्र’ पर्व आज देशभरका

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।