२१ करोड मुद्दतीमा लगानी गर्न दुई दिनको म्याद बाँकी « Khabarhub

२१ करोड मुद्दतीमा लगानी गर्न दुई दिनको म्याद बाँकी


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैकले बैंक तथा वित्तिय संस्थाको मुद्दती निक्षेपमा गर्ने भनिएको २१ करोड लगानीमा इच्छुक संस्थालाई बोलकबोल गर्ने २ दिनको समय मात्रै बाँकी रहेको छ ।

राष्ट्र बैंक कर्मचारी सुरक्षण कोषमा रहेका २१ करोड रुपैयाँ बाणिज्य, विकास र फाइनन्स कम्पनिलाई एक बर्षका अबका लागि मुद्दती निक्षेपमा लगानी गर्ने जनाएअनुसार इच्छुक कम्पनिले २३ माघ भित्र बोलकबोल गरिसक्नु पर्नेछ ।

मासिक रुपमा भुक्तानी गर्नुपर्ने सर्तमा राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकका लागि १६ करोड ८० लाख, ‘ख’ वर्गका विकास बैंकका लागि ३ करोड १५ लाख र ‘ग’ वर्गका वित्तीय कम्पनीलाई १ करोड ५ लाख रकम लगानी गर्ने छुट्याएको छ । जुन रकम आगमी ४ फागुनदेखि ४ फागुन २०७९ सम्मका लागि मात्रै कायम रहनेछ ।

न्यूनतम पुँजी कोष रहेको, निष्क्रिय कर्जाको कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, खुद तरल सम्पत्ति भएको हुनुपर्ने, दुई बर्ष पुरा भएको संस्थाले मात्रै सो रकम लिन सक्ने सर्त राष्ट्र बैंकले राखेको छ ।

राष्ट्र बैंकका अनुसार इच्छुक कम्पनिले लिन आफुले लिन चाहेको रकम र उक्त रकममा प्रदान गर्न सक्ने ब्याजदरसमेत उल्लेख गरेर निवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ११ : ४० बजे

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु