म्यानमारमा सूकीविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

म्यानमारमा सूकीविरुद्ध भ्रष्टाचार मुद्दा


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यामारको सैन्य सरकारले प्रजातन्त्रवादी नेतृ आङ सान सू कीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । योसँगै सैन्य सरकारले अहिलेसम्म सू कीविरुद्ध ११ मुद्दा दायर गरेको छ ।

देशको उत्तरपश्चिम सागाइङ क्षेत्रका सर्वसाधारणलाई सेनाले फेरि आक्रमण गरेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले सूकीविरुद्ध मुद्दा दायर गरेको हो । सेनाले सो क्षेत्रमा ४०० घरहरु जलाएको जनाइएको छ ।

आफ्नी आमाको नाममा स्थापना भएको एउटा परोपकार संस्थालाई गैरकानुनी ढंगले ५ लाख ५० हजार सहयोग भन्दै प्रहरीले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो मुद्दामा अदालतको सुनुवाइ बारेमा विस्तृत विवरण खुलाइएको छैन ।

सैन्य सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिएको, कोभिड नियम पालना नगरेको र दूरसञ्चारको नियम उल्लंघन गरेको विभिन्न अभियोगमा सूकीलाई यसअघि नै अदालतले ६ वर्ष जेल सजाय तोकेको छ । गत वर्षको फेब्रुवरीमा निर्वाचित सरकारलाई कु गरेपछि सूकी घरमै नजरबन्दमा छिन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १२ : १४ बजे

रास्वपालाई प्रत्यक्षबाटै बहुमत नजिकको सिट : यी हुन् संसद् यात्रा तय गरेका १२५ अनुहार

काठमाडौं– दुईवटा निर्वाचन फेस गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ नै झन्डै

अमेरिकाले आकस्मिक सेवा बाहेकका कर्मचारीलाई वाणिज्य दूतावासबाट बाहिर जान निर्देशन

एजेन्सी– वाशिङ्गटनले टर्कीएको अदाना शहर नजिकै रहेको वाणिज्य दूतावासबाट अतिआवश्यक

पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

घनपोखरा– लमजुङको मर्स्याङदी  गाउँपालिका–१ स्थित नायुँ र घनपोखरा होमस्टे पछिल्लो

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा

आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका