सरिता र सुवर्णको ‘चिया पकाउ’ « Khabarhub

सरिता र सुवर्णको ‘चिया पकाउ’


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका सरिता भारती र गायक सुवर्ण कुमारको सहकार्यमा नयाँ काठे गीत ‘चिया पकाउ’ सार्वजनिक भएको छ । गीतमा सुवर्णकै शब्द, संगीत र संगीत संयोजन छ ।

भिडियोमा गायिका सरिता र अभिनेता प्रवण भुसालबीचको प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको छ । अभिनेता प्रवण र गायिका सरिताले यसअघि सर्ट फिल्म ‘द डटर’ र ‘थाहै नपाई’गीतको भिडियोमा सँगै अभिनय गरिसकेका छन् । यो भिडियोमा सरिता र प्रवणसँगै विष्णु श्रेष्ठ, सुस्मिता श्रेष्ठ, सुनिता मगराती, सुस्मिता कार्कीको पनि अभिनय रहेको छ ।

सुवास बुढाथोकीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा एस कुमारको छायांकन र सम्पादन तथा वीरेन्द्र भाट विपिनको रंग संयोजन छ ।

भिडियोलाई बुढासुब्बा डिजिटलबाट बुधबार रिलिज गरिएको हो ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १२ : १६ बजे

काठमाडौँस्थित मस्जिदमा मनाइयो ‘इद उल फित्र’

काठमाडौँ– अरबी पात्रो अनुसार ‘इद उल फित्र’ पर्व आज देशभरका

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।