फेरि सर्‍याे पुलिस र च्यासलको खेल « Khabarhub

फेरि सर्‍याे पुलिस र च्यासलको खेल


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत कोभिड १९ का कारण स्थगित भएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल तालिका पुनः परिवर्तन भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार च्यासल र पुलिसको खेल बुधबारका लागि तय गरेको हो । यसअघि एन्फाले यी दुई टोलीबीचको खेल शनिबार हुने बताए पनि वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि खेल दोस्रो पटकको लागि परिवर्तन गरेको हो ।

खेल दशरथ रंगशालामा दिउँसो एक बजेदेखि सुरु हुनेछ । यसअघि च्यासल युथ क्लबका १९ खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि पूर्वनिर्धारित समयमा हुन सकेकको थिएन ।

यस्तै एन्फाले लिगको १०औं चरणको खेल २८ माघबाट हुने जनाएको छ । यद्यपि, १०औं चरणका खेलहरुको तालिका भने सार्वजनिक गरिएको छैन ।

नवौं चरणको खेल सकिँदा मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ । जारी लिगको पुछारमा रहने दुई टोली दोस्रो डिभिजनमा घटुवा हुनेछन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ५ : ०० बजे

ढोरपाटनमा भारी हिमपात

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र