सप्तरीका ग्रामीण भेगका महिलाहरू घरमै सुत्केरी हुँदै « Khabarhub

सप्तरीका ग्रामीण भेगका महिलाहरू घरमै सुत्केरी हुँदै


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको महदेवा गाउँपालिका–१ कि २२ वर्षीया कविता रजकले यही पुस महिनामा दोस्रो सन्तान छोरीलाई घरमै जन्म दिइन् । उनी पहिलोपटक पनि घरमै सुत्केरी भएकी थिइन् रजकले भनिन्, ‘दुई छोरीलाई घरमै जन्म दिए पनि गर्भवती हुँदा दुवैको पालोमा दुई पटक डाक्टरसँग चेकजाँच गराएको थिएँ ।’

सुत्केरी हुने दिन बिहान ४ बजेदेखि तल्लो पेट दुख्यो । बिहानै सासुले सुडेनीलाई बोलाएर ल्याउनुभयो । सुडेनीले अस्पताल लानु पर्दैन । एक छिनमै घरमा बच्चा जन्मिन्छ भनेपछि अस्पतालतिर नगएर बच्चा जन्मिने पर्खाइमा परिवारका सबै सदस्य बसेको कविताले बताइन् । उनले थपिन्, ‘बिहान आठ बजे सजिलै सुत्केरी भएँ ।’ उनी ८ कक्षासम्म पढेकी छन् । उनको परिवारमा कोही पनि शिक्षित छैनन् ।

सुत्केरी गराउन अस्पताल नै जानुपर्छ भन्ने मान्यता परिवारका कुनै सदस्यको नरहेको कविताको भनाइ छ । जेठानीले पनि तीन सन्तान घरमै जन्माएको उनले बताइन् ।

सप्तरीको विष्णुपुर गाउँपालिका कन्कट्टाकी ३२ वर्षीया सुनिता रजकले तीन सन्तानलाई घरमै जन्म दिइन् ।

उनले भनिन्, ‘कान्छो छोरा ६ महिनाको भयो । घरमा सजिलै सुत्केरी भएँ ।’ गर्भवती भएका बेला पनि उनले एक पटक पनि डाक्टरसँग चेक जाँच गराएकी थिइनन् । न त कुनै औषधी नै खाएकी थिइन् ।

त्यस्तै, राजविराज नगरपालिका–१ डुमरीकी ममता यादवले पहिलो सन्तानलाई यही पुसको पहिलो हप्ता घरमै जन्म दिइन् ।

उनले भनिन्, ‘गर्भवती भएको थाहा पाएपछि डाक्टरसँग जाँच गराएको थिएँ ।’ त्यसपछि स्वास्थ्यमा कुनै समस्या नआएपछि पुनःजाँचका लागि डाक्टरनिर नगएको ममताले बताइन् ।

उनले थपिन्, ‘हाम्रो गाउँमा अहिले पनि ५० प्रतिशत सुत्केरी घरमै हुने गरेका छन् ।

जानेर वा नजानेर हाम्रो जिल्लाको ग्रामीण भेगका अशिक्षित परिवारले अहिले पनि घरमै सुत्केरी गराउने गरेको अवकाश प्राप्त सिनियर स्टाफ नर्स रेखा देवले बताइन् । उनले भनिन्, ‘कतिको त सुत्केरी हुन नसकेपछि जटिल समस्या भएर र कति सुत्केरी भएर आमा वा शिशु वा दुवै जटिल अवस्थामा अस्पताल आउने गरेका छन् ।’

गर्भवती भएपछि कम्तिमा पनि चार पटक चेक जाँच गराउनु पर्छ । आमा र शिशुको ज्यान जोखिम हुन नदिन अस्पतालमा नै सुत्केरी गराउनुपर्ने चाहना नेपाल सरकारको रहेको छ । आमा र बच्चा अस्पतालमै सुरक्षित हुने भए पनि कतिपय परिवारले त्यसो नगरेर अझै आलटाल गर्दै आएको प्रसुति रोग विशेषज्ञ डा. उषा देव बताइन् ।

अस्पतालमा सुत्केरी गराएपछि आमा सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरी गराई निशुल्क र घर फर्किने बेलामा यातायातवापत् १ हजार रुपैयाँ दिने प्रावधान रहेको स्वास्थ्यकर्मी मनिषा सिम्खडाले बताइन् ।

उनले भनिन्, ‘सुत्केरी महिलाको रगत ओ निगेटिभ छ भने सुत्केरी भएको ७२ घण्टाभित्र दिनुपर्ने सुई पनि अस्पतालले निशुल्क लगाई दिन्छ ।’

अस्पतालले डिस्चार्ज गर्ने बेलामा बर्थ सर्टिफिकेट पनि दिन्छ । त्यो पनि एउटा पहिचानको ठूलो आधार हो । त्यसैले ज्यानलाई जोखिममा पारेर घरमा सुत्केरी हुनुभन्दा अस्पताल जानु अत्यन्तै जरुरी रहेको महिला स्वास्थ्य स्वयम्सेविका पुनिता कर्णले बताइन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ८ : ४७ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका