पुलिस र च्यासल युथ क्लबवीचको खेल तालिका परिवर्तन « Khabarhub

पुलिस र च्यासल युथ क्लबवीचको खेल तालिका परिवर्तन


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको नवौ चरणअन्र्गत नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल तालिका पुनःपरिवर्तन भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले भोलि शनिबारका लागि तय गरेको पुलिस र च्यासलबीचको खेल वर्षाका कारण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदान खराब भएपछि खेलतालिका परिवर्तन गरिएको एन्फाले जनाएको छ ।

उक्त खेल अब यही माघ २६ गते हुनेछ । नवौं चरणअन्तर्गत यसअघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो तर, च्यासलका नौ खेलाडीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि खेल स्थगित गरिएको थियो ।

जारी लिगमा पुलिस आठ खेलमा सात अङ्क जोडेर ११औँ स्थानमा रहेको छ भने समान आठ खेल नै खेलेको च्यासल पाँच अङ्कका साथ १३औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ८ : ३० बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण