इन्स्टाग्रामबाट अलग्गिइन् नोरा « Khabarhub

इन्स्टाग्रामबाट अलग्गिइन् नोरा


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउडकी ‘दिलबर गर्ल’ नोरा फतेही सामाजिक सञ्जालमा आफ्नो हरेक साना–ठूला गतिविधिलाई अपडेट गरिरहन्छिन् । यद्यपि अब उनले फ्यानबाट आफूलाई टाढा राख्ने निर्णय लिएकी छन् । अभिनेत्रीले शुक्रबार आफ्नो इन्स्टाग्राम एकाउण्ट हटाएर सबैलाई चकित बनाएकी छन् ।

उनको इन्स्टाग्राम एकाउण्टमा ३७ दशमलब ६ मिलियन फलोर्स थिए । तर एकाउण्ट हटाएपछि उनको पोस्ट, फलोअर्स र फलोइङ जिरो देखिएको छ । अभिनेत्री सामाजिक सञ्जालमा निकै सक्रिय थिइन् । उनी जहिल्यै आफ्नो ग्ल्यामर तस्वीर शेयर गर्थिइन् । उनले के कारणले इन्स्टाग्रामलाई हटाइन भन्ने खुल्न सकेको छैन ।

उनले एकाउण्ट हटाउनु केही अघिसम्म आफ्नो दुबई बिदाको तस्वीर राखेकी थिइन् । यो पोस्टमा उनले दुई सिंहसँगको तस्वीर राखेकी थिइन् ।

नोरा हालका दिनमा आफ्ना नजिकका साथीहरुसँग दुबईमा बिदा मनाइरहेकी छन् । जहाँबाट उनले केही दिन यता भिडियो र फोटो सामाजिक सञ्जालमा राख्ने गरेकी थिइन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १० : २१ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित