उद्योगी सत्यनारायण क्याल मधेस प्रदेशको आर्थिक सल्लाहकार नियुक्त « Khabarhub

उद्योगी सत्यनारायण क्याल मधेस प्रदेशको आर्थिक सल्लाहकार नियुक्त


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योगी सत्यनारायण क्याल मधेस प्रदेश सरकारको आर्थिक तथा औद्योगिक सल्लाहकार नियुक्त भएका छन् ।

मधेस प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगी क्याललाई प्रदेश सरकारको आर्थिक तथा औद्योगिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

मुख्यमन्त्री लालबाबु राउतले क्याललाई शुक्रवार सल्लाहकारमा नियुक्त गरिएको पत्र पठाएका छन् ।

मधेस प्रदेशको औद्योगिक विकासका लागि आवश्यक नीति निर्माणमा सल्लाह लिने उद्देश्यले क्याललाई सल्लाहकार नियुक्त गरेको मुख्यमन्त्रीको पत्रमा उल्लेख छ ।

औद्योगिक तथा व्यापारिक समूह क्याल ग्रुपका अध्यक्षसमेत रहेका उद्योगी क्याल विगत साढे ३ दशकदेखि उद्योग व्यापार क्षेत्रमा निरन्तर सक्रिय छन् ।

प्रदेशको समग्र विकासका लागि योजना तर्जुमालगायत आर्थिक सरोकारमा सुझाव लिन निजीक्षेत्रका अनुभवी र प्रवुद्ध व्यक्तिलाई सल्लाहकार नियुक्त गरिएको प्रदेश सरकारले बताएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ११ : ११ बजे

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी