विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ६० लाख नाघ्यो « Khabarhub

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ६० लाख नाघ्यो


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ९ सय संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ६० लाख ६७ पुगेको छ।

कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार २४ घण्टामा १४ लाख ४८ हजार नयाँ संक्रमित थपिएका छन्। योसँगै कोरोना पुष्टि हुनेको संख्या ४४ करोड १७ हजारभन्दा धेरै भएको छ।

जसमध्ये ३७ करोड ४५ लाख निको भइसकेका छन्। गत २४ घण्टामा मात्रै १५ लाख ४७ हजार संक्रमण मुक्त भएका हुन्। अझै पनि ६ करोड १२ लाख सक्रिय संक्रमित रहेकामा ७३ हजारको अवस्था जटिल रहेको छ। बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८ करोड ८ लामा संक्रमण पुष्टि हुँदा ५ करोड ४० लाख निको भएका छन्। ९ लाख ८१ हजारको भने मृत्यु भएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ५ : ४७ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना