सन्दीप लामिछालाई एक दिवसीय कप्तानीको पनि जिम्मेवारी « Khabarhub

सन्दीप लामिछालाई एक दिवसीय कप्तानीको पनि जिम्मेवारी


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) सन्दीप लामिछानेको कप्तानीमा एक दिवसीय सिरिज खेल्ने टोलीको घोषणा गरेको छ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई र पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय सिरिजका लागि टोली घोषणा भएको हो।

यूएईमा आयोजना हुने त्रिदेशीय सिरिजको लागि बिहीबार टोली घोषणा गरेको हो।

सन्दीप कप्तानीको टोलीमा तीव्र गतिका बलर सोमपाल कामी, विक्रम सोब, भीम सार्की र विनोद भण्डारीले पूनरागमन गरेका छन्।

क्यानले छनोट समिति र प्रशिक्षक पुबुदु दसानायकेले बन्दप्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो।

नेपालले यूएई जानुअघि श्रीलंकामा स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ। श्रीलंकामा नेपालले चार वटा अभ्यास खेल खेल्न लागेको हो।

नेपाली टोली शनिबार श्रीलंका जाने क्यानले जनाएको छ। विश्वकप लिग–२ मा नेपालले मार्च १६ देखि २२ सम्म यूएई र पीएनजीसँग खेल्नेछ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ६ : १५ बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार