नारायणकाजी श्रेष्ठले लिखित रुपमै फरक मत राख्ने « Khabarhub

नारायणकाजी श्रेष्ठले लिखित रुपमै फरक मत राख्ने


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ।

राष्ट्रियसभा गृहमा बिहान ११ बजे सुरु हुने केन्द्रीय कमिटी बैठकमा नेता नारायणकाजी श्रेष्ठले लिखित रुपमा फरक मत राख्ने भएका छन् ।

गत १३-१९ पुसमा सम्पन्न पार्टीको महाधिवेशन र ४ फागुनको संसदीय दलको निर्णयविपरीत ‘व्याख्यात्मक घोषणा’को भरमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गराउन पार्टी पक्षमा उभिएको भन्दै नेता श्रेष्ठले आपत्ति जनाउँदै आएका छन्।

‘नारायणकाजी कमरेडले आज बैठकमा फरक मत दर्ज गराउनु हुनेछ,’ श्रेष्ठ निकट केन्द्रीय सदस्य जीवन गौतमले भने, ‘उहाँको लिखित फरक मतलाई पार्टी नेतृत्व र बैठकले कसरी लिनेछ, त्यही अनुसार आगमी रणनीति तय हुनेछ ।’

उनका अनुसार बैठकमा राखिएको फरक मतका बारेमा पार्टी केन्द्रीय कमिटीमा घनिभुत छलफल हुनुपर्ने माग श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राखेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ९ : १६ बजे

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

राँझा– नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको