महोत्तरीका चार भट्टीपसलमा प्रहरीको छापा « Khabarhub

महोत्तरीका चार भट्टीपसलमा प्रहरीको छापा


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – प्रहरीले बिहीबार राति महोत्तरीका चार भट्टी पसलमा छापा हानेर घरेलु मदिरा जफत गरी नष्ट गरेको छ ।

भट्टी पसलमा अवैध रुपमा मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा बल्वा नगरपालिकास्थित प्रहरी टोलीले झण्डै ६५० लिटर कच्चा पदार्थ र एक सय लिटर मदिरा नष्ट गरेको हो ।

विनोद साह, अरुण चौधरी, श्याम महतो र दिलीप साहले सञ्चालन गरेको भट्टी पसलबाट मदिरा र कच्चा पदार्थ जफत गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

चारै जना भट्टी पसल संचालकलाई अ्बदेखि मदिरा उत्पादन नगर्ने सर्तमा स्थानीय जनप्रतिनिधि र स्थानीयको रोहबरमा छाडिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ९ : ५० बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल