कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृत फेला « Khabarhub

कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृत फेला


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ ।

कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले स्थानीयले खबर गरेपछि मृत गैँडाबारे जानकारी पाइएको बताए । ‘सामुदायिक वनको बेलघारी सोराहामा निउसो टिप्न गएका स्थानीयवासीले मृत गैँडा देखेपछि निकुञ्जलाई खबर गर्नुभएको थियो’, तिवारीले भने, ‘त्यसपछि निकुञ्जको टोली गएर मृत गैँडाको मुचुल्का उठाउने र त्यसको व्यवस्थापन गर्ने काम गर्‍यो ।’ मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिए।

आज भेटिएको यो सँगै चालु आर्थिक वर्ष २०७८-७९ मा मा ३० वटा गैँडा मृत फेला परेका तिवारीले बताए । यस वर्ष हालसम्म मरेका गैँडामध्ये २८ गैँडा प्राकृतिक कारण र बाघको आक्रमणबाट मरेका हुन् भने दुई गैँडा चोरी शिकारीका कारण मरेका तिवारीको भनाइ छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १० : ३५ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल