मानव अधिकारको रक्षा गर्न प्रदेश सरकार संवेदनशीलः मुख्यमन्त्री राउत « Khabarhub

मानव अधिकारको रक्षा गर्न प्रदेश सरकार संवेदनशीलः मुख्यमन्त्री राउत


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेका मुख्यमन्त्री लालबाबु राउतले मानव अधिकार रक्षाको सवालमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार जनकपुरधाममा गरेको दुई दिवसीय मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकार मानव अधिकारको रक्षाको सवालमा स्थापना कालदेखि नै संवेदनशील भएर अघि बढेको बताएका हुन् ।

आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारप्रति ख्याल मात्रै गरी दिए पनि मानव अधिकार रक्षाको सवालमा हाम्रो समाज ठूलो फड्को मार्ने उनको विश्वास छ ।

मुख्यमन्त्री राउतले मानव अधिकार रक्षाको सवालमा प्रदेश सरकार प्रतिबद्ध रहे पनि प्रहरी प्रशासनको आभावमा अपेक्षित कार्य गर्न नसकेको स्वीकार गरे ।

कार्यक्रममा उच्च अदालतका मुख्यन्यायाधीश विनोद शर्मा, नेपाल बार एशोसिएशनका राष्ट्रिय उपाध्यक्ष रामचन्द्र सिंह, मानव अधिकार रक्षक सञ्जालका केन्द्रीय अध्यक्ष श्यामा साह, मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुर, गैरसरकारी संस्था महासंघका प्रदेश अध्यक्ष धिरेन्द्रबहादुर सिंहसहितको सहभागिता थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ३ : १९ बजे

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि