ललितपुर महानगरपालिकाद्वारा पाटन-जावलाखेल-पुल्चोक धूमपान निषेधित क्षेत्र घोषणा | Khabarhub Khabarhub

ललितपुर महानगरपालिकाद्वारा पाटन-जावलाखेल-पुल्चोक धूमपान निषेधित क्षेत्र घोषणा


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुर महानगरपालिकाले विभिन्न क्षेत्रलाई धुम्रपान निषेधित घोषणा गरेको छ ।

महानगरले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ललितपुरको पाटन दरबार स्क्वाएर, पुल्चोक गा हिटी पार्क र जावलाखेल चोक क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो ।

धुम्रपान नगरौँ स्वास्थ रहौँ नाराका साथ महानगरले ती क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए। उनले यसअघि नै ललितपुरका केहि क्षेत्रलाइ धुम्रपान निषेधित घोषणा गर्ने तयारी गरेपनि कोरोना महामारीका कारण केहि ढिलाइ हुन गएको बताए।

महानगरले निषेधित क्षेत्रमा धुम्रपान गरेमा सम्झाईबुझाई गर्ने र त्यसपछि भने कारवाही स्वरुप जरिवाना गर्ने जनाएको छ । धुम्रपान निषेधितमा निरन्तर ललितपुरका नगरप्रहरी परिचालित गरिने महानगरले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ७ : ०४ बजे

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ