नेपालमा पहिलो पटक शल्यक्रिया बिना फेरियो मुटुको भल्भ « Khabarhub

नेपालमा पहिलो पटक शल्यक्रिया बिना फेरियो मुटुको भल्भ


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शल्यक्रिया बिना नै मुटुको भल्भ फेरिएको छ। शल्यक्रिया बिना नै मुटुको भल्भ फेरिएको देशमै पहिलो पटक भएको अस्पतालले जानकारी दिएको छ ।

शुक्रबार केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक डा चन्द्रमणि अधिकारीले ‘ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेशन (टीएभीआई) विधिबाट ८० वर्षीया बृद्ध महिलाको सफलता पूर्वक मुटुको भल्भ फेरिदिएको बताए ।उनले गत १६ फागुनमा ती महिलाको टीएभीआई विधिबाट भल्भ फेरिदिएको सुनाए । भल्भ फेरिएकी वृद्ध महिला आजै अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

‘हाम्रो टोलीले नेपालमै पहिलो पटक टीएभीआई विधि (जो शल्यक्रिया बिना नै भल्भ फेर्ने विधि भनेर परिचित पनि छ) बाट एक जना ८० बर्षीया महिलाको मुटुको भल्भ प्रत्यारोपण गरिदियौँ ।आज उहाँ निको भएर अस्पतालबाट डिस्चार्ज समेत भईसक्नु भएको छ,’ उनले भने ।

शल्यक्रियाको तुलनामा यस पद्धतिको उपचार प्रभावकारी हुनुका साथै मृत्युदर पनि कम भएको विभिन्न अध्ययनले देखाएको उनले बताए ।

सन् २००२ मा यो पद्धति मात्रै पहिलो पटक फ्रान्समा उपचार गरिएको थियो।अन्य विकसित देशहरुमा पनि यो पद्धतिबाट उपचार हुँदै आएको छ । तर, नेपालमा भने यो पद्धतिबाट पहिलो पटक उपचार भएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ७ : २१ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना