रुसमाथि थप प्रतिबन्ध लगाएर स्थिति अरु खराब नगर्न पुटिनको चेतावनी « Khabarhub

रुसमाथि थप प्रतिबन्ध लगाएर स्थिति अरु खराब नगर्न पुटिनको चेतावनी


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरूलाई रुसका राष्ट्रपति भ्लादमिर पुटिनले चेतावनी दिएका छन् ।

उनले रुसमाथि थप प्रतिबन्धहरू लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिकासहितका पश्चिमा देशहरूलाई चेतावनी दिएका हुन् । पुटिनले एक सरकारी बैठकलाई सम्बोधन गर्ने क्रममा यस्तो चेतावनी दिएका छन् । जसलाई रूसको सरकारी टेलिभिजन रोसया २४ मा प्रत्यक्ष प्रसारण गरिरहेको थियो ।

सम्बोधनमा पुटिलले दाबी गरे ‘छिमेकीविरुद्ध हाम्रो कुनै गलत मनसाय छैन ।’ उनले दुई देशबीचको सम्बन्धलाई थप खराब गर्ने गरी युक्रेनले कुनै कदम अघि नबढाउनेमा आफूहरू विश्वस्त रहेको बताए ।

उनले भने, ‘मलाई लाग्छ सबैले अब यस बारेमा सोच्न आवश्यक छ कि सम्बन्ध सामान्य कसरी हुने छ, सामान्य रूपमा एक अर्काको मद्दत रहोस् र सम्बन्धमा सुधार आओस ।’ रुसी सेनाको कारबाही रुसविरुद्धको केही कारबाहीको जवाफ भएको पुटिनले बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ८ : २४ बजे

भारतले जिम्बाब्वेलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं – युवा ब्याटर वैभव सूर्यवंशीको उत्कृष्ट ८१ रनको इनिङ्सको

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र

लगातार ८ वर्ष फ्लप र कान्ट्रोभर्सीपछि साम्राज्ञीले साइन गरिन् फिल्म

काठमाडौं – प्राइममा रहेका हिरो अनमोल केसीको नायिकाका रुपमा फिल्म

डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं– डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार