चितवनको भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

चितवनको भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर – चितवनको भरतपुर महानगरपालिका–७ स्थित हेल्थपोष्ट चोकदेखि प्रेमबस्ति चोकतर्फ जाँदै गरेको बा ६३ प ७४०६ नम्बरको मोटरसाइलकल अनियन्त्रित भई ठेला गाडा र स्कुटरमा ठोक्किन पुग्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

तीव्र गतिको मोटरसाइकलले अनियन्त्रित भएर दूध बोकेको ठेलागाडा र रोकिराखेको बागमती प्रदेश ०३–०४ प ५३२० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर–१५ फुलबारीका २५ वर्षीय एक्सन गौतम रहेका छन् । गौतमको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मोटरसाइकलको ठक्करबाट ठेलागाडामा दूध बोकेर प्रेमबस्ती चोकतर्फ आउँदै गरेका भरतपुर–७ स्थित युनिक गाईफार्ममा कार्यरत ४६ वर्षीय प्रकाश आले घाइते भएका छन् ।

उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । स्कुटर रोकेर आडैमा बसेकी स्कुटर चालक भरतपुर–७ कि गिता पौडेल सामान्य घाइते भएकी छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ६ : ४० बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर