नेयमार, एमबाप्पे र मेस्सीको गोलमा पीएसजीको फराकिलो जित « Khabarhub

नेयमार, एमबाप्पे र मेस्सीको गोलमा पीएसजीको फराकिलो जित


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लोरियन्टलाई ५-१ गोल अन्तरले हराएको छ।

आइतबार राति भएको खेलमा पीएसजीका लागि नेयमार र केलियन एमबाप्पेले दुई-दुई गोल गरे । लियोनल मेस्सीको नाममा एक गोल रह्यो ।

नेयमारले खेलको १२औं र ९०औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

एमबाप्पेले २८औं र ६७औं मिनेटमा गोल गर्दा मेस्सीले ७३औं मिनेटमा गोल गरेका थिए।

खेलको ५६औं मिनेटमा लोरियन्टका टेरेम मोफीले एक गोल गरेका थिए ।

यस जितसँगै ३० खेलमा ६८ अंक जोडेको पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ ।

लोरियन्ट २८ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ७ : ०६ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर