न्युक्यासललाई पराजित गर्दै टोटनहम चौथो स्थानमा उक्लियो « Khabarhub

न्युक्यासललाई पराजित गर्दै टोटनहम चौथो स्थानमा उक्लियो


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – न्युक्यासल युनाइटेडमाथि ५-१ को प्रभावशाली जितसहित आइतबार राति टोटनहम इङ्लिस प्रिमियर लिगको चौथौ स्थानमा उक्लिएको छ।

३९औं मिनेटमा फाबियाना साचारको फ्रिकिक गोलमा न्युक्यासलले अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि नै टोटनहम खेलमा फर्कियो । सनको क्रसमा बेन डेभिसले गोल गरेका थिए ।

४८औं मिनेटमा म्याट डोहेर्टेको गोलमा टोटनहमले अग्रता लियो । त्यसको ६ मिनेटपछि सनले गरेको गोलमा टोटहमले ३-१ को अग्रता लियो।

६३औं मिनेटमा इमर्सन रोयल बललाई जाली चुमाएपछि टोटनहम फराकिलो जिततर्फ अघि बढेको थियो । खेल सकिन सात मिनेट बाँकी रहँदा स्टेभिन बर्जविनले टोटनहमका लागि पाँचौ गोल गरे ।

प्रिमियर लिगअन्तर्गत आइतबार भएको अर्को खेलमा वेस्ट हम युनाइटेडले एभर्टनमाथि २-१ को जित निकालेको थियो ।

३० खेलबाट ५४ अंक बटुलेको टोटनहम चौथो स्थानमा उक्लिएको हो । पाँचौ स्थानको आर्सनलको पनि ५४ अंक छ । यद्यपि आर्सनलले टोटनहमभन्दा दुई खेल कम खेलेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ७ : ४५ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर