कांग्रेस मकवानपुर कोषाध्यक्षमा गौतम मनोनीत « Khabarhub

कांग्रेस मकवानपुर कोषाध्यक्षमा गौतम मनोनीत


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – नेपाली कांग्रेस मकवानपुर कोषाध्यक्षमा होमनाथ गौतम मनोनीत भएका छन् । कांग्रेस मकवानपुरको बैठकले गौतमलाई जिल्ला कोोषाध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको हो ।

महाधिवेशन प्रतिनिधिमा पराजित गौतम जिल्ला सदस्यमा विजयी भएका थिए । बैठकले कार्यसम्पादन समिति, संसदीय बोर्ड र दुई वटा विभाग गठन गरेको छ ।

बैठकले युवा तथा खेलकुद र संगठन विभाग गठन गरेको हो । युवा तथा खेलकुद विभाग प्रमुखको जिम्मेवारी अर्जुन तिवारी र संगठन विभागको जिम्मेवारी शैलेन्द्रराज बानियाँलाई दिइएको छ ।

कांग्रेस मकवानपुर सभापति बुद्ध लामाको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह लक्षित छलफल गरेको छ । सत्तारुढ दलको यसअघिको बैठकले जिल्लाको १० वटै पालिका र १०२ वटै वडामा गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ । यसअघि बसेको बैठकले १० जनालाई जिल्ला सदस्य मनोनीत गरेपछि कांग्रेस मकवानपुरमा विवाद भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ९ : २६ बजे

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौं – सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

गाँजाखेतीलाई वैधानिक बनाउने विधेयकमाथि छलफल जारी

गण्डकी- गाँजाखेतीलाई कानुनी वैधता दिन गण्डकी प्रदेश सरकारले ल्याएको विधयक