कांग्रेस मकवानपुर कोषाध्यक्षमा गौतम मनोनीत « Khabarhub

कांग्रेस मकवानपुर कोषाध्यक्षमा गौतम मनोनीत


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – नेपाली कांग्रेस मकवानपुर कोषाध्यक्षमा होमनाथ गौतम मनोनीत भएका छन् । कांग्रेस मकवानपुरको बैठकले गौतमलाई जिल्ला कोोषाध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको हो ।

महाधिवेशन प्रतिनिधिमा पराजित गौतम जिल्ला सदस्यमा विजयी भएका थिए । बैठकले कार्यसम्पादन समिति, संसदीय बोर्ड र दुई वटा विभाग गठन गरेको छ ।

बैठकले युवा तथा खेलकुद र संगठन विभाग गठन गरेको हो । युवा तथा खेलकुद विभाग प्रमुखको जिम्मेवारी अर्जुन तिवारी र संगठन विभागको जिम्मेवारी शैलेन्द्रराज बानियाँलाई दिइएको छ ।

कांग्रेस मकवानपुर सभापति बुद्ध लामाको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह लक्षित छलफल गरेको छ । सत्तारुढ दलको यसअघिको बैठकले जिल्लाको १० वटै पालिका र १०२ वटै वडामा गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ । यसअघि बसेको बैठकले १० जनालाई जिल्ला सदस्य मनोनीत गरेपछि कांग्रेस मकवानपुरमा विवाद भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ९ : २६ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर