७ सय ४७ वटा स्थानीय तहको मतपत्र वैशाख १८ गतेसम्म छापिसक्ने  « Khabarhub

७ सय ४७ वटा स्थानीय तहको मतपत्र वैशाख १८ गतेसम्म छापिसक्ने 


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले ७ सय ४७ वटा स्थानीय तहको मतपत्र वैशाख १८ गतेसम्म छापिसक्ने भएको छ । बाँकी ६ वटा महानगरपालिकाको मतपत्र २२ गतेसम्म छापिसक्ने आयोगको तयारी छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि आयोगले मतपत्र छाप्न सुरु गरिसकेको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्रीले देशभर एकसाथ हुने निर्वाचनका लागि मतपत्र छपाइको काम गरिरहेको छ ।

विभिन्न राजनीतिक दलले आफ्ना उम्मेदवार मनोनयन गर्नुअघि जिल्ला–जिल्लामा मतपत्र पठाइसक्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार मुख्य–मुख्य राजनीतिक दलको चिन्ह समेटेर बनाइएको मतपत्र सुरुमा जिल्लाका ठूला स्थानीय तहमा बाहेक अरू ठाउँमा पठाइने छ। निर्वाचनमा बढी मतदाता हुने स्थानीय तहमा केही दिन मात्र मतपत्र छपाइमा ढिलो हुनेछ ।

मतपत्रलाई रुजु गर्नुपर्ने भएकाले निर्वाचन हुनु दुई साताअघि मतपत्र पठाइसक्नुपर्ने अर्यालले बताए। आयोगले २ करोड मतपत्र छाप्ने छ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १० : २४ बजे

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौं – सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

गाँजाखेतीलाई वैधानिक बनाउने विधेयकमाथि छलफल जारी

गण्डकी- गाँजाखेतीलाई कानुनी वैधता दिन गण्डकी प्रदेश सरकारले ल्याएको विधयक