बुद्धभूमिमा अन्याय र अत्याचार बढी भयो: ज्ञानेन्द्र शाही « Khabarhub

बुद्धभूमिमा अन्याय र अत्याचार बढी भयो: ज्ञानेन्द्र शाही


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले बुद्धभूमिमा अन्याय र अत्याचार बढी भएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वारा साेमबार गरिएको सभामा शाहीले शान्ति भूमिमा पनि यस्ताे भएकाले राष्ट्रघातीलाई कहिल्यै नस्वीकार्ने भन्दै देशको अबको लडाइँ शिक्षा, स्वास्थ्य, सुशासन र रोजगारीको रहेकाे बताए ।

विश्वभर नभएको सुन्दर र सम्पदा युक्त देश नेपाल रहेकोले यसलाई सुधार्न जरुरी रहेको उनले बताए । ‘राजा हुँदा देशमा न्याय हुन्थ्यो, अहिले देशद्रोहीले देश चलेकाले अब जनता न्याय माग्न कहाँ जाने उनले प्रश्न गरे ।

तीन वर्षमा एक अर्ब ८ करोड बजेट सिद्धार्थनगर आएको  र ५० करोड आठ लाख बेरुजु भएको जसमध्ये १७ करोड मोजमस्तीमा खर्च भएको सुनाउँदै प्रवक्ता शाहीले यसकाे हिसाब जनताले लिनुपर्ने बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ५ : ०३ बजे

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक

राप्रपाका उम्मेदवार भण्डारीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उम्मेदवार डा सुरेन्द्र सुरेन्द्र भण्डारीलाई

पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं – पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको

के अक्षय खन्ना ‘रेस ४’ को हिस्सा बन्नेछन् ?

काठमाडौं – बलिउड फिल्म ‘धुरन्धर’ मा अक्षय खन्नाको दमदार अभिनयले