आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरण आवश्यक: मन्त्री झाँक्री « Khabarhub

आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरण आवश्यक: मन्त्री झाँक्री


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले लैंगिक विभेद अन्त्य गर्न आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरण जरुरी रहेको  बताएकी छन् ।

समाजमा रहेको लैंगिङ विभेद हटाएर समृद्ध समाज निर्माणका लागि सरकारले काम गरिरहेको भन्दै उनले सामाजिक रूपमा रहेको विभेद हटाउन आर्थिक र सामाजिक रूपान्तरण जरुरी रहेको बताएकी हुन् ।

सोमबार एसिया प्रशान्त आर्थिक तथा सामाजिक आयोग ईस्क्यापद्वारा काठमाडौँमा आयोजित ई-कमर्स र डिजिटल मार्केटिङसम्बन्धी दुईदिने महिला उद्यमशीलता तालिमको उद्घाटन गर्दै मन्त्री झाँक्रीले लैंगिक विभेद अन्त्यका लागि आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरण  हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘समाजमा रहेको लैंगिक विभेद त्यतिबेला अन्त्य हुन्छ, जतिबेला महिलाहरू आर्थिक र सामाजिक रूपमा सशक्तीकरण हुन्छन् । यसले महिलाहरूको आत्मनिर्णयको अधिकार समेत सुनिश्चित गर्छ ।’

कोरोना महामारीका कारण सबैभन्दा मारमा महिलाहरू नै परेको बताउँदै उनले सरकारले तालिम उद्यमशीलता विकास र महिला सशक्तीकरणका क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै यस क्षेत्रमा महिलाको सहभागिता हुनुपर्नेमा जोड दिँदै मन्त्री झाँक्रीले  ई-कमर्स र डिजिटल मार्केटिङ क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताइन् ।

ईस्क्याप दक्षिण तथा दक्षिण एसिया उपप्रमुख रन्जन सुदेश रत्नले संसारमा महिला सशक्तीकरण अत्यन्त महत्त्वपूर्ण विषय रहेको  बताए । उनले हरेक सफल पुरुषको पछि महिलाको भूमिका हुने भन्दै महिला समानताबाट मात्र विश्व विकासमा अघि बढ्न सकिनेमा जोड दिए ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ५ : २० बजे

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक

राप्रपाका उम्मेदवार भण्डारीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उम्मेदवार डा सुरेन्द्र सुरेन्द्र भण्डारीलाई

पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं – पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको

के अक्षय खन्ना ‘रेस ४’ को हिस्सा बन्नेछन् ?

काठमाडौं – बलिउड फिल्म ‘धुरन्धर’ मा अक्षय खन्नाको दमदार अभिनयले