विवाहको प्रलोभन देखाई ४२ लाखभन्दा बढी ठगी गर्ने एक जना पक्राउ « Khabarhub

विवाहको प्रलोभन देखाई ४२ लाखभन्दा बढी ठगी गर्ने एक जना पक्राउ


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवाहको प्रलोभन देखाई ठगी गरेको आरोपमा काठमाडौँमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले नविन भनिने ५२ वर्षीय लोकबहादुर श्रेष्ठलाई विशालनगरबाट पक्राउ गरेको हो ।

हाल काठमाडौँको धापासी बस्दै आएका रामेछाप साँघुटार–३ का श्रेष्ठले ४२ लाख ३४ हजार रुपैयाँ पीडितबाट ठगी गरेको आरोप छ ।

उनले पीडितलाई विवाह गर्ने प्रलोभन देखाएर कहिले आफू बिमारी परेको त कहिले झारफुकका लागि भन्दै सो रकम पठाउन लगाएर ठगी गरेको प्रहरीले जनाएको छ ।

पीडितले पटक–पकट गरी आईएमई र सिटीएक्सप्रेसमार्फत् श्रेष्ठलाई रकम पठाएकी थिइन् । अभियुक्त श्रेष्ठलाई पक्राउ गरी ठगी कसुरअन्तर्गत थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ५ : ५८ बजे

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण