हुम्लामा २४ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने « Khabarhub

हुम्लामा २४ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लाका २४ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ ।

हुम्लाको सात स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका २४ हजार १४९ जना बालबालिकालाई टाइफाइड खोप लगाइने भएको हाे ।

जनस्वास्थ्य सेवा कार्यालय हुम्लाद्वारा सोमबार आयोजित गोष्ठीमा चैत २५ गतेदेखि वैशाख पाँच गतेसम्म यहाँका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने जानकारी दिइएकाे छ ।

कार्यालयका निमित्त प्रमुख प्रेम सिंहका अनुसार देशैभरि एक चरणमा यही चैत २५ गतेदेखि आगामी वैशाख १८ गतेभित्र सम्पन्न गर्ने गरी तय भएको मितिअनुसार खोप लगाइने भए पनि हुम्ला भौगोलिक विकटता भएका कारण चैत २५ देखि वैशाख पाँच गतेसम्म खोप लगाएर सम्पन्न गरिने भएको हो ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा रहेका बालबालिकाका लागि स्वास्थ्यकर्मी खटाइने यदि हिमपातले र विविध समस्याले स्वास्थ्यकर्मी जान नसके दोस्रो पटकको अभियानमा लगाइने भएको कार्यालयका निमित्त प्रमुख सिंहले बताए ।

हुम्लाका सातवटा गाउँपालिकामा १५० वटा खोप केन्द्र रहेको जनस्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको छ । नाम्खामा १८, सिमकोट २५, खार्पुनाथ १८, सर्केगाड २५, चंखेली २५, अदानचुली १९ र ताँजकोट २० गरेर १५० वटा खोप केन्द्रबाट यहाँका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको हो ।

यस्तै उक्त खोप पाउने बालबालिकाको संख्या नाम्खा गाउँपालिकामा एक हजार ९१, सिमकोट ५ हजार २८३, खार्पुनाथ २ हजार ९३०, सर्केगाड ४ हजार ९९०, चंखेली २ हजार ८५५, अदानचुली ३ हजार ९२२ र ताँजकोटमा ३ हजार ७८ बालबालिकालाई खोप लगाइने भएको छ ।

हुम्ला जिल्ला भौगोलिक विकटता जिल्ला भएर चैत २५ देखि वैशाख ५ सम्म नेपाल सरकारको यो अभियान सम्पन्न गर्ने लक्ष रहेको बताइएको छ ।

टाइफाइड रोगविरुद्धको खोप अभियान जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीता परियार, नयाँ भैरवी दल गुल्मका मेजर गणेश खड्का, जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण ओला, सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख गेहेन्द्र भण्डारीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १० : ३३ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग